www.tandavnews.com
Fact ~ In search of truth

सेलवेजको अर्को काण्ड खुलासा

पोखरा
ताण्डव न्यूज ।

म्याद सकिएको सामाग्री बेचेको पोखरा महेन्द्रपुलमा रहेको सेलवेज डिपार्टमेन्टल स्टोर्स कारवाही स्वरुप जिल्ला प्रशासन कार्यालय धाएको छ । ताण्डव न्यूजले चिप्लेढुङा र महेन्द्रपुलमा रहेको सेलवेजको यस्तो कर्तुत सार्वजनिक गरेपछि अर्को तथ्य फेला परेको छ ।

समाचार हेरेपछि विरौटाकी सर्मिला श्रेष्ठले गत वर्ष पनि सेलवेजले म्याद सकिएको समान बेचेको कुरा फोनबाट खुलासा गरिन् । ‘पोहोर पनि यसरीनै म्याद सकिएको सामान बेचेको थियो, त्यो दिनदेखी म सेलवेज जान छाडेको हुँ,’ उनले भनीन्, ‘यस पटक पनि यस्तो भएछ । पटक पटक गलत गर्ने सेलवेज बन्द गरिनु पर्छ ।’

Batas

सर्मिलाले भनेको कुरा हो की होइन भनेर जिल्ला प्रशासन गएर हेर्दा गत बर्ष पनि सेलवेलबाट केही खाद्य वस्तु नस्ट गरिएको प्रमाण फेला प¥यो । सेलवेजले घ्यू र केही खाद्य वस्तु नस्ट गरिएको जिल्ला प्रशासनकी खाद्य निरीक्षक भूमिका प्रधानले बताइन् । ‘एक वर्ष अघि पनि सेलवेजले गल्ती गरेको हो,’ उनले भनीन्, ‘घ्यू र केही खाद्य वस्तुमा म्यादनै राखिएको थिएन् । त्यस विषयमा उहाँहरुलाई सम्झाएर सामग्री जफत गरेर नस्ट गरिएको थियो । जुन कुरा बाहिर आएन । यस पटक भने बल्ल फेलामा परे ।’

यस विषयमा सेलवेजका प्रवन्धक प्रमोद थापाले गैरजिम्मेवारी पूर्ण जवाफ दिए । ‘यस पटक गल्तीले भएको हो जानी जानी होइन,’ उनले भने, ‘गत वर्ष पनि यस्तो भएको हो भन्ने थाहा भएन । अर्को मान्छेले काम गथ्र्यो मलाई थाहा भएन् ।’

जेठ २१ गते सोमबार जिल्ला अनुगमन समितिको टोलीले म्याद सकिएको सामाग्री र एमआरपी मूल्य भन्दा धेरै रकम लिएको सामाग्री जफत गरेर कारवाही प्रक्रिया अघि बढाएको छ । जस अनुसार सेलवेजको पक्षबाट जेष्ठ २३ गते तारिख लिएर बसेको पाइन्छ । कारवाही प्रक्रिया अघि बढेको सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए । ‘गलत गरेको भने कुनै हालतमा कारवाही हुन्छ,’ उनले भने, ‘जहाँसम्म गत बर्षको कुरा छ, त्यसलाई पनि अनुसन्धानको पाटोमा गम्भीर रुपले हेर्ने छौ ।’

सेलवेजबाट १ लिटरको नोभा डेरी घ्यूको ११ वटा बट्टा, नोभाकै पोका घ्यूू २ वटा र ४ सय ग्रामको ११ वटा अचारको बट्टा म्याद नाघिसकिएको बेच्न राखेको पाइएको थियो ।

नोभा डेरी घ्यूको बट्टा उत्पादन भएको मितिले ६ महिनासम्म उपयोग गर्न योग्य भनेर स्पष्ट लेखिएको छ ।

तर २०७४ साल ७ महिना २१ गते उत्पादन भएको घ्यू बेच्न राखिएको हो । अचारको बट्टामा पनि उत्पादन भएको मितिले २ बर्ष भित्र उपयोग गर्नु पर्ने भनेर उल्लेख गरिएको छ ।

जसको उत्पादन मिति २०१६ मात्र उल्लेख छ, हाल २०१८ जुन चलिरहेको छ । जस अनुसार सो बेच्न राखिएको सामानको ५ महिना म्याद गुज्रिएको छ ।

यो पनि पढ्नुहोस्

सावधान ! सेलवेजले बेच्छ म्याद सकिएको सामान (प्रमाण सहित)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.