www.tandavnews.com
Fact ~ In search of truth

संविधानको सफल कार्यान्वयनमा जोड

पोखरा,  (रासस) 

संविधान दिवसका अवसरमा गण्डकी प्रदेश सरकारद्वारा आज यहाँ आयोजित कार्यक्रममा संविधानको सफल कार्यान्वयनबाट नै संविधान दिवसको सार्थकता हुनेमा जोड दिइएको छ ।

नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षको प्रतिफलस्वरुप संविधानसभाबाट प्राप्त संविधान कार्यान्वयनको चरणमा रहेको बताउँदै वक्ताले यसको भावना र मर्मअनुरुप अघि बढ्नुपर्ने बताए ।

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले संविधानको प्रभावकारी कार्यान्वयनका लागि यसका भावना र मर्मलाई आत्मसात् गरी अघि बढ्नु आवश्यक भएकोमा जोड दिए।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संविधानतः देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बनेको बताउँदै यसको मर्मअनुरुप अधिकारको समुचित बाँडफाँट हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा पूर्वकानूनमन्त्री यज्ञबहादुर थापा, पोखरा लेखनाथ महानगरपालिकाका कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङ, नेकपाका केन्द्रीय सदस्य राजकाजी गुरुङले नेपाली जनताको लामो समयको सङ्घर्षबाट प्राप्त संविधानको सफल कार्यान्वयनका लागि सबैको साथ र सहयोग आवश्यक हुने धारणा राखे ।

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.