www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेश समृद्धितर्फ अगाडि बढेको छ : मन्त्री लम्साल

बेनी । 

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले समृद्धि र विकासको यात्रामा प्रदेश सरकार अगाडि बढेको बताएका छन्।

प्राकृतिक सम्पदा, पर्यटकीय सम्भावना, धार्मिक तथा ऐतिहासिक स्थल र कला संस्कृतिले भरिपूर्ण गण्डकी प्रदेशलाई विकसित र समृद्ध बनाउने मुख्य लक्ष्यसहित सरकार अगाडि बढेको उनको भनाइ छ ।

म्याग्दी उद्योग वाणिज्य सङ्घको २५ औँ वार्षिक साधारणसभाको आज बेनीमा उद्घाटन गर्दै मन्त्री लम्सालले सरकारले जनताको सुविधा र प्रदेशको समृद्धिका लागि खाका कोर्ने काम गरिसकेको र नीति निर्माणको तयारीमा जुटेको बताए ।

उनले पर्यटन, जलस्रोत, कृषि, वनपैदावरलगायतको क्षेत्रमा रहेको सम्भावनाहरुलाई उजागर गर्न र उद्योगमैत्री वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको जनाए। -रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.