www.tandavnews.com
Fact ~ In search of truth

…र यसरी जन्मियो ताण्डव

सन्तोष सुवेदी
पाेखरा, ताण्डव न्यूज । 

एक वर्ष अघि । नागरिक दैनिकको क्षेत्रीय कार्यालयमा बसेर ‘नागरिक पश्चिमेली’ प्रदेश संस्करणको लागि समाचार बनाउँदै थिएँ ।

आफ्नै ध्यानमा समाचार बनाइरहँदा मोबाइलको बजेको घण्टीले पुरै ध्यान तान्यो । मोबाइलमा नम्बर सेभ थियो, अर्जुन गिरी । म नागरिकमा काम गरिरहँदा अर्जुन समाधान राष्ट्रिय दैनिकका बरिष्ठ संवाददाता थिए । उसले विशेष कामले भेट्न खाजेको सुनाए ।

Batas

हुन्छ, आइहाल्छु भनी फोन राखेर बाँकी रहेको काम पूरा गरी सिर्जनाचोकबाट नयाँबजार हुइँकिए ।

समाधानको कार्यालय नजिकै एउटा रेस्टुरेन्टमा खाजा अर्डर ग¥यौ । त्यो बेलासम्म पनि भेट्न खोजेको रहस्य खुलेको थिएन् । के होला भन्दै मेरो मनमा एकादुई कुरा खेलिरहेका थिए । त्यसो त हाम्रो भेट पहिलो भने थिएन् । आखिर म पनि पत्रकार उपनि ।

कुरा अर्जुनबाटै सुरु भयो, ‘हामी आफ्नै मिडिया सञ्चालन गरौं न के छ विचार ?’ यो कुरा उसले मलाई भन्नुभन्दा एकवर्ष पहिल्यै मैलेनै गरेको प्रस्ताव थियो । तर, कुरा कुरामै रोकिएको थियो । पछि उसैबाट कुरा आएपछि मैले नाइ भन्नी त कुरै भएन् । भने, ‘हुन्छ गरौं ।’ यस टीममा सँगै चिया खाने देखि बाहिर बरालिने साथी विजय लम्सालपनि जोडिन पुगे । उनी त्यो वेला समाधानमै वितरण प्रमुख थिए ।

मिडिया सञ्चालन गर्ने त लगभग फाइनल नै भयो । सञ्चालन त गर्ने पत्रिकाको नाम चाहिँ के पो राख्ने ? ‘त्रिवेणी, त्रिनेत्र, बारुद, पोखरा टाइम्स’ यस्तै दर्जनौ नाम आए । तर, एक वर्ष पहिल्यै अर्जुनले ‘ताण्डव’ नामक पत्रिकाको लागि डोम लिइसकेको कुरा बताए । उक्त नाम राख्ने कि नराख्ने भन्नेमा पनि अर्को दुविधा हुन थाल्यो । खरो अनि नेगेटिभ कोनोटेसन लाग्ने शब्द भएको हुनाले अन्यौल छायो ।

सल्लाह लिदा कतिले ताण्डव नाम अल्लि बढी नै पो हुन्छ कि भन्नेहरु पनि भेटिए । तर, जस्तो नाम त्यस्तै पत्रकारितामा काम गर्न सकिन्छ भन्ने अर्जुनको भनाईलाई सहमती जनाउँदै सोही नाम लक गरियो ।

यसमा मित्रमिलन कृषि सहकारीका प्रबन्ध निर्देशक रमण पौडेल अध्यक्ष बन्नुभयो । पौडेल मात्र मिडिया बाहिरका भएका हुनाले उनलाई अध्यक्ष पद दिएर अन्य हामी कार्याकारी पदमा बस्ने सल्लाह भयो ।

सम्पादक अर्जुन गिरी, कार्यकारी सम्पादक म आफै र प्रबन्ध निर्देशक विजय लम्साल सहितको टिम बन्यो । यसमा सँगै वरिष्ठ संवाददाता माधव भुसाल र संवाददाता ईश्वर देवकोटा रहे ।

यो एकवर्षमा त कतिलाई ताण्डवको अर्थ बुझाउनैमा गयो । धार्मिक नाम भएकोले पनि कतिले ‘के नाम राखेको यस्तो’ पनि भन्न भ्याए । पछि विस्तारै हामीले प्रेषित गरेका समाचार र कामको मूल्यांकनसँगै हरेक व्यक्तिको मुखमा मिडियाहरुको नाम लिँदा बढी उच्चारण हुने नाम नै ताण्डव हुनु पुग्यो ।

यसरी, गत वर्षको फागुन १ गतेदेखि ताण्डव न्यूज अनलाइनबाट सुरु भएको यात्रा एक वर्ष पुगेको पत्तो भएनछ । फागुन २८ गतेदेखि हरेक सोमबार प्रकाशन गर्ने गरी ताण्डव साप्ताहिकलाई पनि सुचारु गरेका थियौं । ट्यावलोड साइजमा १६ पेजबाट प्रकाशन सुरु गरी अहिले ८ पेजको ठूलो साइजमा ढाली हरेक सोमबार पाठकको घरघरमा पु¥याइरहेका छौं ।

यो एक वर्ष हाम्रो लागि अझ बढी सिकाइको वर्ष पनि रह्यो । पत्रकारिता पढेरै पत्रकारितामा लाग्ने कमै हुन्छन् । त्यसमा सम्पादक अर्जुन, म र वरिष्ठ संवाददाता माधव पत्रकारिताकै विद्यार्थी हौं । त्यसैले पनि सिक्दै र सिकाइँदै पत्रकारिता र मिडिया सञ्चालन गर्नु हाम्रो लागि फलदायी बन्यो । एक वर्षे यात्रा पार गरिरहँदा गजबको अनुभव म लगायत ताण्डव टिमले बटुलेको छ ।

सुरुआतको समयमा ताण्डव सञ्चालन गरिरहँदा प्रशंसक भन्दा पनि खुट्टा तान्ने बढी भेटिए । केहीले त कति दिन टिक्ला र भन्न समेत भ्याए । तर, यो यात्रा बिचलित नभई दिन महिना हुदै सालमा टेक्यौ । जसले गर्दा भन्नेहरुको मुख पनि विस्तारै टालिदै गयो ।
हामीले ताण्डवलाई जन्म मात्र दिएनौ यसमा ‘नो कपि पेस्ट’ को कुरा अघि सा¥यौ । प्रकाशन भएकै दिनबाट न त हामीले अरुको समाचार सामाग्री सार्छौ न त हाम्रोनै अरुलाई सार्न दिन्छौ ।

एक वर्षको बच्चा ताण्डव विस्तारै बालक, वयस्क बन्ने नै छ । अपूरा र काम गर्दा गर्दै पाइला पुग्न नसकेका ती ठाउँमा पनि विस्तारै पुग्ने हाम्रो लक्ष्य छ । एक वर्षे यात्रा हाम्रो लागि गोल्डेन रह्यो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.