www.tandavnews.com
Fact ~ In search of truth

भलिबलबाट चिनिएकी चौधरी

विनिता सुनार
पोखरा, ताण्डव न्यूज ।

झण्डै एक दशक अघिदेखि भलिबल खेलमा पाइला टेकेकी सरस्वती चौधरी भलिबल प्रेमीहरुको ढुुकढुकी बनेकी छन् । पछिल्लो ५ वर्षदेखि एफिएफबाट प्रतिनिधित्व गर्दै आएकी सरस्वतीले थुप्रै उत्कृष्ट खेलाडीको उपाधि जित्दै आएकी छिन् । जन्मभूमि धनगढी भए पनि सरस्वतीले आफ्नो कर्मभूमि भने पोखरा बनाएकी छिन् ।

लजालु स्वभाव, कम बोल्ने, कसैसँग पनि बोल्न नखोज्ने हुनाले सानोमा उनका थोरै साथीहरु थिए । ६ कक्षाको परीक्षा दिएर छुट्टिमा घर बसेकी उनलाई भलिबल खेलको प्रस्ताव आएको थियो । स्पोर्टस्को बारेमा उबेला केहि थाहा नभएकी सरस्वतीलाई के थाहा आज खेलकुदमा आफ्नो भविष्य यति उज्जवल हुन्छ भनेर ।

Batas

उनको परिवारमा पनि खेलकुदको बारेमा खासै जानकार कोही थिएनन् । सानोमा चुङ्गी, रबरब्याण्ड, मोजाको बल बनाएर खेल्ने गरेको अनुभव उनीसँग छ । २०६७ सालमा भएको गणतान्त्रिक खेलमा उनलाई कोच विष्णु चौधरीले सहभागी गराउने योजना बनाएका थिए ।

राम्रो हाइट भएको कारणले पनि सरस्वती कोच विष्णु चौधरीको आँखामा परिन् । ‘आफूलाई खेलमा खासै रुचि नभएकाले उनलाई भलिबलमा त्यति उत्सुकता भने भएको थिएन् । तर विष्णु सरले परिवारमासमेत कुरा गरेपछि, पारिवारिक सपोर्ट मिल्ने भएपछि खेल्न राजी भएँ,’ उनले सुनाइन् ।

उनले विस्तारै भलिबलको ट्रेनिङहरु लिन थालिन् । एक हप्ताको राम्रो टे«निङ लिएपछि उनी खेलका लागि तयार भइन् । सरस्वतीले पहिलो खेल पश्चिमाञ्चलसँग भिड्न पर्ने थियो । उनी त्यहाँ तीन सेटमा गेम भित्र छिरिन् । त्यसबेला उनलाई साह्रै गाह्रो भएको सम्झिन्छन् । बललाई कसरी डिगिङ गर्ने कसरी उठाउने भन्ने केहि थाहा नभएकी उनले विपक्षी खेलाडीबाट सर्भिस आएको बललाई उठाउन सकिनन् । उनी सम्झिन्छन्, ‘त्यो समय साह्रै लज्जित हुनु परेको थियो, त्यसमा पनि सबै दर्शकहरु खुब हाँसे । अझै गाह्रो अनुभव भयो ।’

पश्चिमाञ्चलको टिम कोचले पनि सरस्वतीको हाइट देखेर पोखरा लैजाने अफर गरे । ट्रेनिङसँग स्कोलरसिपमा पढ्ने, खेल्ने भनेर परिवारमा पनि कोचले कुरा गरे । परिवारबाट पनि राम्रो सपोर्ट मिलेपछि सरस्वती भलिबलमा भविष्य देखेर पोखरा हानिइन् । त्यसपछिका दिनहरुबाट सरस्वतीलाई भलिबलमा इच्छा जाग्न थाल्यो ।

पोखरामा सिफोरा गुरुङसँगै उनले भलिबल कोर्टमा खुबै निर्खाने मौका पाइन् । त्यसैअनुसार उनको खेलप्रतिको लगाबले एपिएफ सम्मको यात्रामा सफलतापूर्वक खेल्दै आएकी छिन् । सरस्वतीले ५ वर्ष फिस्टेलबाट भलिबल खेलिन् ।

सुरुमा खेलप्रति इच्छा र चाहाना नहुँदा अहिले आएर आफ्नो नामको अगाडि भलिबल खेलाडी नाम जोडिएर आउँदा छुट्टै महसुस भएको उनी बताउँछिन् । उनले भलिबल बाहेक जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डमा हाइजम्पमा पनि स्वर्ण पदक उपाधि जितेकी थिइन् । उनले २०७० सालमा आइजिपि कप राष्ट्रिय महिला भलिबलमा सर्वाेत्कृष्ट खेलाडीको टाइटमा स्कुटर हात पार्ने सफल भएकी छन् ।

सरस्वतीको नाममा उत्कृष्ट खेलाडीको एउटा राम्रै छाप बसेको छ । उनले ३ वर्षमा मात्रै १७ प्रतियोगितामा उत्कृष्ट खेलाडीको टाइटल हात परिसकेकी छिन् । २०७४ सालमा एफिएफबाट खेलेको खेलबाट १० वटाको उत्कृष्ट उपाधि उनको नाममा परेको थियो ।

हालै पोखरामा सम्पन्न भएको दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबलमासमेत सरस्वती उत्कृष्ट खेलाडी घोषित भइन् । उनले नगद १५ हजार रुपैयाँसमेत प्राप्त गरिन् । साथै उनले नेपाल भलिबल संघले आयोजना गरेको एनभीए अवार्ड कार्यक्रममा वर्षकै उत्कृष्ट खेलाडीको उपाधिसँगै नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.