www.tandavnews.com
Fact ~ In search of truth

२५ वर्षपछि बाकस लिएर थिएटरमा सरुभक्त…

उमा विक
पोखरा, ताण्डव न्यूज । 

पोखराको गैह्रापाटनमा रहेको पोखरा थिएटरको गन्धर्व नाटकघरमा नाटक ‘बाकस’ मञ्चन भइरहेको छ । यो नाटक अझ विशेष रुपमा हेरिएको छ । किनकी यो नाटकमा २५ वर्षपछि सरुभक्त श्रेष्ठ निर्देशनमा फर्किएका छन् । बैशाख ६ गतेबकाट मञ्चन भइरहेका नाटक बैशाख २१ सम्म चल्नेछ ।

नाटकले देशको समसामयिक विषयवस्तुको चित्रण गरेको छ । नाटकलाई सरुभक्त श्रेष्ठलेनै लेखेका हुन् । निर्देशनमा उनलाई परिवर्तनले समेत सघाएका छन् । लामो समयपछि नाटक निर्देशनमा कमव्याक भएका सरुभक्तले आफ्नो अनुभव यसरी सुनाए :

म नाटक र रगंमञ्चबाट भागेको थिइन् । नाटक लेखिरहेको थिएँ खाली निर्देशन मात्र नगरेको हुँ । मेरो साहित्यमा अन्य विद्याहरु पनि भएकाले नाटकको सबै पक्षमा नलागेर लेखनमा मात्र सीमित भएको थिएँ । रगंमञ्चबाट पलायन भने भएको थिइन् ।

मेरो पहिलो नाटक २०३४ सालमा ‘डढेलोले खाएको वन’एकांक्षी नाटक मैले पहिलो पल्ट निर्देशन गरेको हुँ । यो नाटक लेखेको पनि मैले हो । एउटा मुख्य भुमिकामा म खेलेको पनि थिए । पहिलो नाटक पोख्रेरेली युवा साँस्कृतिक परिवार भन्ने संस्थाबाट भएको थियो । त्यसपछि हामीले ०३४÷३५ सालमा युवा नाटक परिवार भन्ने संस्थाको स्थापना ग¥यौँ । जसले नाटक मात्र खेल्ने गथ्र्याे । पोख्ररेली युवा साँस्कृतिक परिवार साहित्यिक थियो । युवा नाटक परिवारको लेखन निर्देशन म भए ।

त्यो संस्थामार्फत हामीले धेरै नाटकहरु देखायौँ । त्यही वर्ष हामीले ‘एउट घरको कथा होइन’ भन्ने नाटक मैले आफ्नो निर्देशनमा लामो नाटक देखायौँ । त्यसपछि निरन्तर रुपले २०५१ सालसम्म म लेख्नी र निर्देशन गर्न थाले । ०५१ सालमा अनुप बराल, प्रकाश घिमिरे लगायतका पछिल्लो समयका भाईहरुसँग मिलेर प्रतिविम्ब नाट्य समूह भनेर अर्को समूह गठन गरेका थियौ । त्यसको अध्यक्ष अनुप बराल र म सल्लाकार थिएँ ।

काठमाडौंमा एउटा सर्वनाम भन्ने नाट्य संस्था छ उनीहरुले पनि थिएटर चलाएको थियो । त्यही संस्थाले अन्तर्राष्ट्रिय सडक नाटक उत्सव आयोजना गरेको थियो । हामीले पनि त्यहाँ गएर ‘अग्नीपर्खाल’ नाटक मञ्चन ग¥यौ ।

त्यसपछि मैले निर्देशन गरेको थिइन, लेखनमात्र गर्न थाले । नाटकहरु काठमाडौँ, पोखराका विभिन्न समूहले मञ्चन गरिरहेका थिए ।

गतवर्ष पोखरा थिएटरको स्थापना भएपछि मेरा केही नाटकहरु त्यहाँ मञ्चन भए । थाङला भन्ने मेरो नाटक अनुप बरालको निर्देशनमा मञ्चन भयो । सिरुमारानी, निरुमाया भन्ने नाटक मञ्चन भयो ।

अरु मेरो नाटकहरु अन्य निर्देशकले निर्देशन गरिरहेका थिए । यसपाली पोखरा थिएटर, परिवर्तनमा आवद्ध भाइबहिनीहरुले संयुतm रुपले नाटक खेलौँ, दाईले निर्देशन गर्नुप¥यो भनेर आग्रह गर्नुभयो । ‘बाकस’ भन्ने नयाँ नाटक मार्फत पुन : निर्देशनमा फर्केको हुँ ।

lets education wanted

२५ वर्षपछि नाटक निर्देशनमा फर्कनको लागि पोखरा थिएटर र परिवर्तनप्रति आभारी छु । मैले कति नाटक लेखे भनेर गनेकै त छैन तर लामो र छोटो नाटक मिलाएर हेर्ने हो भने ६/७ दर्जन नाटक लेखी सके ।

मेरो लागि नाटक लेखन अभिरुचि हो । नाटक लेख्ने अभिरुचि मसँग अझै जिउँदै छ । अहिले मौका पाए भने पहिला जस्तो निरन्तर निर्देशन पनि गर्ने सोंच बनाएको छुँ ।

पहिलो नाटक गर्दा म भर्खर २०/२१ वर्षको थिएँ । नाटक कसरी निर्देशन गर्ने, कसरी खेल्ने भन्ने खासै अनुभव थिएन । त्यो बेलाको पोखरा सानो थियो । ग्रामीण परिवेशको थियो । पोखरेली युवा साँस्कृतिक परिवारको म सचिव थिएँ । त्यो संस्थाले विविध साँस्कृतिक कार्यक्रम गर्ने भनेर एउटा निर्णय गरेपछि त्यो कार्यक्रमको लागि मैले पहिलो पटक नाटक गरे । नाटक पहिला देखि नै लेखिराखेको थिए । त्यो बेलामा निर्देशक, कलाकार भनेर पाईने थिएन । हामी साथीभाई मिलेर खेल्ने सल्लाह ग¥यौँ ।

पोखराको पुरानो विद्यालय बहुउद्धेशीय विद्यालय जहाँ मैले अध्ययन गरेको थिए त्यही विद्यालयमा हामीले हरेक दिन साँझमा रिहर्सल गथ्र्याै । त्यो बेलामा अभिरुचि थियो तर कसरी खेल्ने भन्ने कुनै ज्ञान थिएन न सिकाउने गुरु नै थिए ।

प्रसिद्ध नाटककारका नाटक पढेका थियौँ त्यही नाटकको आधारमा नाटक मन प¥यो र लेख्न थाले । तर नाटक खेलेको देखेको थिएन, नाटक खेल्ने परम्परा पनि थिएन । कहिलेकाँही स्कुलको वार्षिक उत्सवमा प्रहसन हुन्थ्यो । व्यवस्थित साहित्यिक नाटक भने थिएन । पढेर भन्दा परेर जानिन्छ भने जस्तै मैले नाटक कुनै प्रशिक्षक वा किताबबाट जानिन अनुभवले जाने र त्यहीबाट निर्देशन सुरु गरे ।

पहिलो पल्ट नाटक गर्दा मञ्च थिएन । खाटहरु जोडेर हामीले मञ्च बनाएर नाटक खेल्यौँ । ३÷४ दिनसम्म लगातार नाटक देखायौँ र सफल पनि भयौँ । कसैले सिकाएर होइन मैले आफैँले निर्देशन गर्दै सिक्दै गरेको हुँ ।

अहिले नेपाली रंगमञ्चमा धेरै परिवर्तन आएका छन् । अहिलेका रगंकर्मीले विभिन्न प्रशिक्षण प्राप्त गर्न पाएका छन् । अहिले प्रशिक्षण केन्द्रहरु खुलेका छन् । अभिनय, निर्देशन सम्बन्धी प्रशिक्षण दिने संस्थाहरु जन्मेका छन् । पहिला भन्दा अहिले केही हदसम्म सहज छ । अहिलेका नाटककर्मीलाई सिक्ने अवसरमा छ पहिला सिक्ने इच्छा हुँदा पनि सिक्ने मौका थिएन आफ्नै अनुभवले जे सिक्यो त्यही मात्र ।

तर रगंकर्ममा पहिला पनि दुःख थियो र अहिले पनि दुःखै छ । अझै संघर्ष गर्नुपर्ने अवस्था छ । रगंकर्मलाई कुनै क्षेत्रबाट सहयोग प्राप्त छैन ।

विशेष गरेर नेपाली रगंमञ्चलाई व्यवस्थित बनाउनको लागी सरकारी स्तरबाट जुन सहयोग पुग्नुपर्ने त्यो हुन सकेको छैन । जति पनि रगंकर्मी रगंमञ्चमा छन त्यो आफ्नो अभिरुचीले गरिरहेका छन् । आर्थिक आधार छैन रगंमञ्चकर्मीलाई । अझै पनि रगंकर्मी रगंमञ्चबाटै बाँच्ने सक्ने वातावरण सिर्जना भएको छैन । भविष्यमा होला भन्ने आशा छ ।

तेस्रो पुस्ताका रगंकर्मीसगँ काम गर्ने अवसर पाए यो मेरो लागि सौभाग्य हो । एउटा रगंकर्मीले तीन पुस्ताका रगंकर्मीसँग काम गर्ने मौका सबैले पाउँदैनन जुन मैले पाए । अहिलेका पुस्ताका रगंकर्मीमा रगंकर्मप्रति धेरै नै उत्साह देखे । रगंकर्ममा योगदान पु¥याउनुपर्छ, संस्कृति जोगाउनुपर्छ भन्ने जोश अहिलेको पुस्तामा देख्दा खुसी लागेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...