www.tandavnews.com
Fact ~ In search of truth

गुण्डासामु झुक्दै, कारवाहीमा चुक्दै : पोखरा महानगर

अर्जुन गिरी
पोखरा, ताण्डव न्यूज ।

गुण्डा नाइके राजु गार्खालीको सुर्य दिल ग्रुप इन्भेष्टमेन्ट कम्पनीलाई एक वर्ष पुग्दा पनि पोखरा महानगरपालिकाले कारवाही गर्न सकेको छैन । गुण्डा नाइकेको आडमा कम्पनीले महानगरको भवन आचारसंहितालाई धज्जी उडाउँदै पृथ्वीचोकमा पोखरा सस्तो बजार निर्माण गरेको हो ।

औपचारिक रुपमा फागुन १३ गतेदेखि सञ्चालनमा आएको सस्तो बजारको चौतर्फी विरोध भएपनि महानगरपालिका भने अझैसम्म मौन छ । पोखरामा गुन्डा नाइके राजुको दाँहिने हात भनेर चिनिने युवराज खतिवडालाई पटक– पटक महानगरपालिकाबाट पत्र पठाएपनि कानुनी दायरामा आउने काम अझै सम्म भएको छैन ।

Batas

त्यति मात्र होइन महानगरपालिकाले असोज ८ गते वैठक बसेरनै कारवाही गर्ने निर्णय गरेपनि कार्यान्वयनको पक्ष भने फितलो छ । वैठकले नक्सा पास तथा महानगरको अनुमतिविना संचालनमा रहेको सस्तो बजारलाई प्रचलित कानुन बमोजिम जरिवाना गरि जग्गा सम्झैता अवधि पश्चात् संरचना हटाउने गरि नक्सा पास प्रक्रिया अगाडी बढाउने निर्णय गरेको थियो ।

आर्थिक चलखेल भएको हुन सक्ने महानगर स्रोतले बतायो । ‘नियम विपरित काम गर्ने गुण्डाको कम्पनीलाई जोगाउन कि आर्थिक चलखेलनै हुनु प¥यो कि गुण्डासँग डराएर कारवाही नगरेको हुनु प¥यो,’ उनले भने, ‘एक बर्षसम्म पनि कुनै कारवाही नहुने भनेपछि कति सम्म लाचार छ त महानगरपालिका ?’

नापजाच गर्न समय लागेको हुनाले कारवाही प्रक्रियामा ढिलो भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले बताए ।

‘टिप्पणी पेश भएको छ निर्णय हुन बाँकी छ,’ उनले भने, ‘कार्यपालिकाले कारवाहीको दायरामा ल्याएर अस्थायी सम्पन्न पत्र दिएर ५ वर्षपछि भत्काउने निर्णय गरेको छ ।’

सस्तो बजारबारे ताण्डव फलोअप

फलोअप नं १ : फलोअप नं १ गुण्डा नाइकेको आडमा अनुमतिबिना तला थप्दै ‘पोखरा सस्तो बजार’

फलोअप नं २ : गुण्डा नाइकेको अगाडि लाचार पोखरा महानगर

फलोअप नं ३ : गुण्डा नाइकेको कम्पनीलाई कहिले हुन्छ कारवाही ?

फलोअप नं ४ : सस्तो बजारलाई महँगो कारवाही होला त ?

फलोअप नं ५ : सस्तो बजारलाई महँगो कारवाही हुने

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.