www.tandavnews.com
Fact ~ In search of truth

लायन्स क्लब अफ पोखरा लेकसाइड द्वारा वृक्षारोपण 

पोखरा ।

तुल्सी रोप्ने एकादसी तथा साउन महिनाको पहिलो सोमबारका दिनको पावन अवसर पारेर केदारेश्वोर मन्दिर परीसरमा लायन्स क्लब अफ पोखरा लेकसाइडले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

प्रमुख अतिथि रिजन चेयर पर्सन लायन जयराम तिमील्सिनाले रुद्राक्षकाे बिरुवा रोपी वृक्षारोपण कार्यक्रमको उदघाटन गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी लायन तिमील्सिनाले लेकसाइड जस्तो पर्यटकिय ठाउँमा वृक्षारोपण गरेर क्लबले उल्लेखनिय कार्य गरेकोमा बधाई तथा शुभकामना ब्यक्त गरे ।

wardno4

साथै वृक्षारोपणले बातावरण सुन्दर, पर्याबरणीय अनुकुल तथा भूमण्डलीय उष्मीकरण अथार्त ग्लोबल वार्मिङ न्युनीकरण गर्नको लागि महत्वपूर्ण भूमिका खेल्ने बताए । बिशेष अतिथी जोन चेयर पर्सन लायन बिन्दा श्रेष्ठले बिरुवा रोप्दै वातावरण हरियो, स्वच्छ र सुन्दरमय बनाउनका लागि वृक्ष रोप्नै पर्ने बताइन ।

Mahanagar add

त्यसैगरी क्लबका अध्यक्ष बलराम पहारीले पर्यटकिय नगरी पोखरालाई अझ सुन्दर बनाउनको लागि प्लास्टिक वा प्लास्टिकजन्य वस्तुहरुको प्रयोग नगरौँ, वातारण संरक्षणको लागि आफ्नो घर वरपर वृक्षारोपण गरौ भन्ने सन्देश दिदै वृक्षारोपण कार्यक्रमको उद्देश्य बारे प्रस्ट पारे ।

 वृक्षारोपणले आफु मात्रै नभै भावी सन्ततीको समेत रक्षा गर्ने हुँदा हरेक ब्यक्ती तथा संघ-सस्थाले समय समयमा वृक्षारोपण कार्यक्रमको आयोजना गर्नु पर्ने बताए । उक्त कार्यक्रममा क्लबका ३५ जना सदस्य सहित स्थानिय समाजसेवीहरु मिलेर १०० भन्दा बढी बिभिन्न जातका बिरुवाको रोपिएको थियो ।

केदारेश्वोर मन्दिर परीसरमा रुद्राक्ष, धुपी, कपुर, पारीजात लगाएतका बिरुवा हरु रोपिएको थियो । पहिले रोपिएका बिरुवाहरुको गोडमेल गर्ने तथा झाडी फडानी समेत गरिएको थियो । पहिले बिरुवा रोपिएको ठाउँमा मोटर गाडी पार्किङ गर्ने गरिएको हुँदा उक्त स्थललाई तारबार लगाइ पार्किङ गर्न नमिल्ने समेत बनाइएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...