www.tandavnews.com
Fact ~ In search of truth

एक्स्पर्टको सेमिनार सकियाे

पाेखरा
ताण्डव न्यूज ।

एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेसको आयोजनामा ‘ग्राण्ड अष्ट्रेलियन एजुकेसन सेमिनार’ साेमबार सम्पन्न भयाे । एक्स्पर्टकै कार्यालयकाे हलमा भएकाे सेमिनारमा २ सय जना भन्दा बढी विद्यार्थी सहभागी भएको प्रवन्ध निर्देशक रमेश थापाले जानकारी दिए ।

सेमिनारमा अष्ट्रेलियाबाट आएका दक्ष काउन्सिलरहरुले परामर्श प्रदान गरेका थिए । एक्सपर्टका प्रमुख कार्यकारी अधिकृत सञ्जिब शर्मा, मेल्वन डाइरेक्टर सरोज शर्मा, एडिलेडका डाइरेक्टर रुपक बर्तौंला, कन्ट्रि म्यानेजर सरदराज पाठकसँग समेत विद्यार्थीले प्रत्यक्ष भेटेर परामर्श लिए । भिजा पोलिसी, अष्ट्रेलियाको पिआर लिने प्रक्रियाका बारेमा समेत सेमिनारमा कक्षा लिइएको थियो ।

Batas

सेमिनारमा अष्ट्रेलियाका १५ भन्दा धेरै युनिभर्सिटी तथा कलेजका प्रतिनिधि सहभागीता थिए । साेही अवसरमा  एक्स्पर्ट पोखराले ३८ जना विद्यार्थीलाई अवार्ड प्रदान गर्याे । उत्कृष्ट विद्यार्थीलाई शिक्षामा अझ प्रोत्साहन गर्न अवार्ड प्रदान गरिएको थापाले बताए ।

एक्स्पर्ट  गत साता आयोजित निबन्ध प्रतियोगिताको उपाधि नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजकी सुस्मिता गुरुङले जितेकी छन् । वैदेशिक शिक्षा, अवसर र चुनौति विषयमा आयोजित उक्त प्रतियोगितामा गण्डकी बोर्डिङ स्कुलका नविन पौडेल द्धितिय र मदरल्याण्डका सुजन दर्ज तृतीय भए ।

प्रथम, द्धितिय र तृतीयलाई क्रमस नगद १५ हजार रुपैयाँ, १० हजार रुपैयाँ र ५ हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्रले पुरस्कृत गरियाे । सहभागी अन्य १८ जनालाई पनि अवार्ड प्रदान गरिएको थापाले जानकारी दिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.