www.tandavnews.com
Fact ~ In search of truth

श्रेयाको आमालाई नारी जागरण अभियानको ढाडस् : “ढुक्क हुनुस्, हामी तपाईको साथमा छौँ”

पाेखरा, 

पोखरामा अगुवा महिलाहरुले पोखरा २२ पुम्दी पुगेर श्रेया सुनारका आमा बेले विकलाई ढाडस दिएका छन् । विककी १० बर्षीय छोरी श्रेयाको ८ असोजमा बलात्कारपछि हत्या भएको थियो । छोरीको विभत्स हत्याका कारण शोकमा डुबेकी आमा बेलेलाई भेटेर महिलाहरुले हत्यारालाई कुनै उन्मुक्ती हुन नदिने समेत आश्वासन दिएका छन् ।

पोखरामा विगत दुई महिनादेखि संचालित नारी जागरण अभियानका अभियन्ताहरुले बुधबार विकको घरमै पुगेर न्याय मर्न नदिने भन्दै आफूहरु पीडितको साथमा रहेको बताए । अभियानका संयोजक अञ्जु केसीले भनिन्, “अपराधी पक्राउ परिसकेका छन्, कारबाही हुन्छ, तपाई ढुक्क हुनुहोस्, हामी तपाईको साथमा छौँ ।”

Batas

अभियानका टोलीसँग पीडित बेलेले अपराधी छुट्छ कि भनेर शंका गरेकी थिइन् । यस्तै, श्रेयाका हजुरबुवाले अपराधीलाई कारबाही नभए यस्ता घटना बढ्ने भन्दै अपराधीलाई कडा कारबाही हुनुपर्ने माग गरे । उनले यस्ता अपराधको विउ जराबाटै उखेल्न पनि कडा कारबाही हुनुपर्ने बताएका थिए ।

टोलीमा सहभागी गण्डकी प्रदेश सभाका सदस्य मिना गुरुङले अपराधी उम्कन नपाउने भन्दै पीडित परिवारलाई सहानुभुति दिइन् । सरकारले यस्ता अपराधमा संलग्नलाई कडा कारबाही गर्ने समेत उनले जानकारी दिइन् ।

सो अवसरमा नारी जागरण अभियानका संयोजक केसी, साँसद गुरुङ, सहसंयोजक राममाया मानन्धर लगायतको टोलीले पीडित परिवारलाई राहत स्वरुप  २० हजार ५० रुपैयाँ सहयोग गरे ।

टोलीमा महिला जनप्रतिनिधीहरु लक्ष्मी अधिकारी, लक्ष्मी कौशल, हेमजाका महिला सञ्जालका अध्यक्ष रमा त्रिपाठी, मितेरी नारी समुहका अध्यक्ष मिरा पौडेल, कमला पहारी, सफल महिला विकासका सिर्जना शाह, कल्पना क्षेत्री, पवित्रा शर्मा, धन पण्डित, लक्ष्मी रानाभाट लगायतको सहभागिता थियो ।

श्रेयाको बलात्कारपछि हत्या अभियोगमा प्रक्राउ परेका स्थानीय कुशुम पौडेल विरुद्ध प्रहरीले जिल्ला अदालतमा मुद्धा दायर गरिसकेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.