www.tandavnews.com
Fact ~ In search of truth

पोखराः वेद विद्या आश्रममा यौन काण्ड !

पोखरा
ताण्डव न्यूज

पोखराकाे वेद विद्या आश्रम चिसोखोलामा यौन काण्डको खुलासा भएको छ । दुई छात्र बीचको यौन काण्डको घटना आश्रम अभिभावक हुँदै जिल्ला प्रहरी कार्यालय कास्कीसम्म आईपुगेको हो ।

कक्षा ७ र कक्षा १० मा पढ्ने एउटै उमेर समुहका विद्यार्थी बीच भएको अप्राकृतिक यौन क्रियाकलापले विवाद सिर्जना गरेको छ ।

Batas

फागुन २४ गते राति साढे ६ बजेतिर उनीहरु बीच हस्तमैथुन भएको भन्ने आश्रमले थाहा पायो । विद्यार्थी–विद्यार्थी कुराकानी हुन थालेपछि आश्रमले थाहा पाएको हो ।

त्यसपछि दुबै जनाले निस्कासन हुन्छु भन्ने डर लिखित माफी मागेपछि आश्रमले आउँदै गरेको एसईई परिक्षालाई मध्यनजर गर्दै चेतावनी दिएर छाडिदिएको थियो ।

मंगलबार आश्रमले दुवै जनालाई परिवारको जिम्मा लगाएको थियो । जब म्याग्दी घर भएका कक्षा ७ मा अध्ययनरत विद्यार्थीको अभिभावकले आफ्नो छोरामाथि अन्याय भएको भन्दै बर्दिया घर भएका कक्षा १० का विद्यार्थी विरुद्ध उजुरी दिन जिल्ला प्रहरी कार्यालय कास्की आएका हुन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.