www.tandavnews.com
Fact ~ In search of truth

आपत्तिजनक अभिव्यक्ति पछि शेरबहादुरको मन्त्री पद चैट !

काठमाडौं
ताण्डव न्यूज ।

नेपाल सरकारका कानुन मन्त्ती शेरबहादुर तामाङको मन्त्री पद खोसिने भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कानुनमन्त्री तामाङलाई राजीनामा दिन निर्देशन दिएको हो ।

Batas

बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएपछि उनी पछिल्लो समय सञ्चारमाध्यम तथा नागरिक बीच विवादित बनिरहेका छन् ।

सतारुढ दल नेकपाकै नेता तथा कार्यकर्ताले समेत उनको आलोचना गरेका छन् । बंगलादेशमा अध्ययनरत छात्राहरुले विज्ञप्ती निकाली उनको अभिव्यक्ति प्रति आपत्ति जनाएका थिए ।

सोही दिन मन्त्री तामाङको नीजि सचिवालय मार्फत विज्ञप्ती जारी गर्दै माफी मागेका थिए ।

आज मंगलबार दिउँसो २ बजे कानुन मन्त्रालयमा पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा गर्ने कार्यक्रम रहेको स्रोतले बताएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.