www.tandavnews.com
Fact ~ In search of truth

शिक्षा महाशाखाले लेखनाथको ‘शिलशिला इङ्गलीस स्कुल’लाई लगायो रोक

पोखरा
ताण्डव न्यूज।

पोखरा लेखनाथ महानगरपालिका–३१ मोहोरियामा रहेको शिलशिला इङ्गलीस स्कुललाई प्रक्रिया पुरा नगरी विद्यार्थी ल्याउने काम नगर्न शिक्षा महाशाखले निर्देशन दिएको छ ।

माछापुच्छ्रे गाउँपालिका घाचोकमा रहेको हिमालय बोर्डिङ स्कुललाई रोशन कोइरालाले किनेर नाम परिवर्तन गरि शिलशिला इङ्गलीस स्कुल राखेका हुन् । कोइरालाले स्थानान्तरण नगरी विद्यार्थी बटुल्ने काम गरेका थिए ।

Batas

कोइरालाले स्वीकृती नलिइकन ४९ जना विद्यार्थी पढाइएको पाइएको छ ।

केदारका अनुसार ‘शिलशिला’ले  कुनै पनि कक्षा अनुमती विना सञ्चालन गर्न पाउँदैनन् ।

कोइरालाले अनुमति लिएका छैनन् । ‘यदि विद्यार्थीलाई पढाइएको पाइए कडा कारवाही हुन्छ’ केदारले भने ।

कानुनी प्रक्रिया पुरा नगरी विद्यार्थी तान्ने काम भएको भनी शिक्षा महाशाखामा गुनासो आएको महाशाखा प्रमुख केदार आचार्यले बताए ।

‘स्कुलका संचालक कोइरालालाई हिजो बोलाएर प्रक्रिया पुरा नगरी विद्यार्थी जम्मा नगर्न निर्देशन दिएको छु ’ उनले भने ‘प्रक्रिया पुरा नगरी विद्यार्थीलाई बोलाउने काम पनि गर्न पाइदैन ।’

कोइरालाले आफुले स्थानान्तरणको लागि चैत्र २२ गते शिक्षा महाशाखामा निवेदन दिएको बताए ।

‘मैले निवेदन दिएको छु, अहिले कुनै पनि विद्यार्थी भर्ना गरेको छैन न त बोलाएको नै छु ’ उनले भने ‘शिक्षा महाशाखले दिएको निर्देशन पालना गर्ने छु ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.