www.tandavnews.com
Fact ~ In search of truth

कास्कीमा शिवरात्री शान्तिपूर्ण

ताण्डव संवाददाता

शिवरात्रिको दिन कास्की शान्तिपूर्ण रह्यो । विगतको वर्षको शिवरात्रीमा भने लागुऔषध सेवन गरेर झगडा गरेको घटना धेरै हुने गर्थे ।

यस पटक न त झगडानै भएको पाइयो न त मापसे गरेर सवारी चालनेको संख्या धेरै रह्यो । कास्कीमा शिवरात्रि यति शान्तपूर्ण होला भनेर कास्की प्रहरीले सोचेकै थिएन् । ‘शिवरात्रिको दिन लागुऔषध सेवन गर्ने र झगडाको घटना धेरै हुनु पर्ने हो,’ एक प्रहरी अधिकृतले भने, ‘अरु दिनको भन्दा शिवरात्रिको दिन हामी अझ धेरै चनाखो भएर बसेका थियौ ।’

Batas

शिवरात्रि भन्ने बित्तिकै गाँजा, भाङ र धतुरो खाने चलन रहेको विरौटा निवासी रमेश अधिकारीले बताए । ‘अघिल्लो बर्ष हाम्रोतिरनै ३–४ ठाँउमा झगडा भयो,’ उनले भने, ‘यस पटक त यस्तो केही भएन् ।’ शिवरात्रीको दिन गाँजा,भाङ र धतुरो बाहेक मादक पदार्थ नै सेवन गरेर हल्ला गर्दै हिड्ेकोपाइन्थ्यो । यस पटक भने धेरै घटना नभएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अशोक सिंहले बताए ।

जिल्लाको माताहतमा रहेको वडा प्रहरी कार्यालय वैदाममा मापसे गरेर सवारी चलाउने र झगडा गरेको भन्ने एउटा पनि रिपोर्ट नआएको प्रमुख इन्स्पेक्टर बसन्तकुमार शर्माले बताए । ‘शिवरात्रिको दिन त्यस्तो केही भएन,’ उनले भने, ‘हामी सजक थियौ शिवरात्रि शान्तीपूर्ण रुपमा सम्पन्न भयो ।’

तर जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले सो क्षेत्रमा तीन जना मापसे गरी सवारी चलाउनेलाई कारवाहीको दायरामा ल्याएको थियो । बैदाम जस्तै वडा प्रहरी कार्यालय रामबजारमा पनि शिवरात्रीको दिन मापसे र झगडाको एउटा पनि घटना नरहेको इन्स्पेक्टर दीपक केसीले ताण्डव न्यूजलाई जानकारी दिए ।

वडा प्रहरी कार्यालय बगरको हकमा भने एक जना मापसे गरि सवारी चलाउनेलाई कारवाही गरिएको इन्स्पेक्टर दुर्गा श्रेष्ठले बताए । ‘शिवरात्रीको दिन दिउँसै मापसे गरी ट्रक चलाउने चालकलाई कारवाही गरेको हो,’ उनले भने, ‘झगडा भने कुनै ठाँउमा भएन ।’

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले भने ४ वटा मापसे गरी सवारी चलाएकालाई कारवाहीको दायरामा ल्याएको सइ शिव थापाले बताए । इलाका प्रहरी कार्यालय शिशुवामा भने मापसे गरि सवारी चलाउने एक जनालाई कारवाही गरिएको डिएसपी गोविन्द पुरीले बताए । ‘शिवरात्री शान्तीपूर्णनै रह्यो,’ उनले भने, ‘झगडा भने कुनै ठाँउमा पनि भएन ।’

जिल्ला प्रहरी कार्यालय कास्कीबाट सुरक्षामा खटिएको टोलीले १२ जना मापसे गरी सवारी चालएकालाई कारवाही गरेको हो ।

झगडाको घटना भने नभएको कास्की प्रहरीले जनायो ।

 

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.