www.tandavnews.com
Fact ~ In search of truth

BREAKING : पुम्दीभुम्दीकी श्रेयाको बलात्कार पछि हत्या, अपराधी नजिक प्रहरी

अर्जुन गिरी
पोखरा, ताण्डव न्यूज 

पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीकी श्रेया बिकको बलात्कारपछि हत्या भएको खुलासा भएको छ ।

१० वर्षीया बिकको बलात्कारपछि हत्या भएको पुष्टि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले गरेको स्रोतले बतायो ।प्रहरीलाई रिपोर्टको बारे जानकारी गराएको स्रोतले बतायो ।

Batas

अस्पतालका ६ जना विशेषज्ञ डाक्टरको टोलीले पोष्टमार्टम गरि सो कुरा पत्ता लगाएका हुन् । विकलाई बलात्कार गरेपछि ढुङगाले हानेको सम्म प्रारम्भिक रिपोर्टले देखाएको स्रोतको बताएको छ ।

एक प्रहरी अधिकृतका अनुसार अपराधिको नजिक कास्की प्रहरी पुगेको छ । ‘बलात्कारपछि हत्या भन्ने कुरा पुष्टि भईसक्यो,’ स्रोतले भन्यो, ‘कास्की प्रहरी अपराधीको नजिक पुगेको छ, एक–दुई दिनमा अपराधी पत्ता लगाएर कास्की प्रहरीले सार्वजनिक गर्छ ।’

विक सोमबार अपरान्ह साढे ५ बजेदेखि सम्पर्कविहिन भएकी थिइन् । उनको खोजी गर्ने क्रममा आज (मंगलबार) विहान कोदी स्थित घर नजिकै शव भेटिएको थियो ।

यो पनि पढ्नुहोस्

पुम्दीभुम्दीमा १० बर्षीया बालिका मृत अवस्थामा फेला

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.