www.tandavnews.com
Fact ~ In search of truth

सेन्सर बोर्डले भन्यो ‘ब्लाईनड रक्स’ उत्कृष्ट चलचित्र

पोखरा

सेन्सर बोर्डले चलचित्र ‘ब्लाईनड रक्स’ लाई यस बर्षकै उत्कृष्ट चलचित्र बताएको छ । यही शुक्रबार देखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘ब्लाईनड रक्स’ सेन्सरबाट पास भएको छ । चलचित्रलाई युनिभर्सल सर्टिफिकेट समेत प्राप्त भएको छ । अब यो चलचित्र सबै व्यक्तिले हेर्न पाउने भएका छन् ।

बोर्डले चलचित्रलाई युनिभर्सल सटिफिकेट दिनु अगाडी चलचित्र हेरेको थियो र त्यहाँ पनि सबैको आँखा रसायो । सेन्सरबाट चलचित्रले युनिभर्सल सर्टिफिकेट प्राप्त गरे पश्च्यात सेन्सर बोर्ड समितिले यस्तो चलचित्र निर्माण हुनु पर्ने र अझ यस्तै खालका चलचित्र निर्माण गर्न आफूलाई हौसला प्रदान गरेको निर्देशक मिलन चाम्सले बताएका छन् । यस्तै सेन्सर बोर्डले कामको लागि चलचित्रका निर्देशक मिलन चाम्सलाई बधाई समेत दिएको छ ।

Batas

चलचित्रले यस भन्दा अगाडी पनि विदेशको प्रदर्शनमा धेरै दर्शकहरुको माया र साथ पाईसकेको छ । त्यसै गरि विदेशमा पनि चलचित्रले धेरै दर्शकहरुलाई रुवाउन सफल भएको थियो । चलचित्रको सार्वजनिक ट्रेलर, गीत र नेपाल बाहिर देखि आएको प्रतिक्रियाले नै चलचित्र हेर्न सबै व्यक्ति उत्साहित रहेको देखिन्छ ।

चलचित्र ‘ब्लाईनड रक्स’ एक बायोपिक चलचित्र हो । दृष्टिबिहीन युवती सृष्टि केसीको जीवनीमा यस चलचित्र निर्माण भएको छ । उनको जीवन संघर्षको कथा यस चलचित्रमा चित्रण गरिएको छ । नायिका बेनिषा हमालले दृष्टिबिहीन युवती सृष्टि केसीको भूमिका यस चलचित्रमा निर्वाह गरेकी छिन् ।

चलचित्रमा बेनिशाको अलावा अर्पण थापा, गौरी मल्ल, अनिल केशरी शाह, रितेश चाम्स र बसन्त भट्ट लगाएतका कलाकारहरुको अभिनय रहेको छ । त्यसै गरि चलचित्रमा नवराज कृष्ण थापाको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको छ । यस्तै चलचित्रको कथा यम थापा र सुमन उप्रेती मिलेर तयार गरेका हुन् ।

यस्तै चलचित्रको निर्देशन मिलन चाम्सले गरेका हुन् भने निर्माण निकेश लिम्बुले गरेका हुन् । गिरीराज घिमिरे चलचित्रको मुख्य सहायक निर्देशक हुन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.