www.tandavnews.com
Fact ~ In search of truth

वडाध्यक्ष रेग्मी विरुद्ध बलात्कारको उजुरी, घटना लुकाउँदै प्रहरी

अर्जुन गिरी
पोखरा, ताण्डव न्यूज ।

तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका–८ का अध्यक्ष कृष्णप्रसाद रेग्मी विरुद्ध एक महिलाले बलात्कार गरेको भनी किटानी उजुरी दिएकी छन् ।

सोही वडाकी २५ वर्षीया युवतीले आफुलाई पटक पटक वडाध्यक्ष रेग्मीले बलात्कार गरेको भन्दै न्यायीक समिति शुक्लागण्डकी नगरपालिका दुलेगौंडामा उजुरी दिएकी हुन् ।

Batas

युवतीले दिएको उजुरी पत्रमा असोज २९ गते र कार्तिकमा दुई पटक बलात्कार गरेको उनले उल्लेख गरेकी छन् ।

उनको उजुरीलाई सम्बोधन गर्दै नगरपालिकाकी उप प्रमुख सविता रसाइलीले आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय वेलचौतारा तनहुँ पठाएकी हुन् । तर वेलचौतारा प्रहरी प्रमुख तथा इन्स्पेक्टर श्रवणकुमार विकले उजुरी सहितको पत्र आफुकहाँ नआएको भन्दै तर्किए ।

प्रहरी प्रमुख विकलाई सबै थाहा भएपनि घटना लुकाउन थाहा नभए जस्तो गरेको स्रोतले बतायो । ‘युवतीले नगरपालिकामा ३ गते उजुरी दिएकी थिइन् भने ५ गते नै प्रहरीकँहा फरर्वाड भएको थियो,’ स्रोतले भन्यो, ‘बलात्कार जस्तो घटनामा किटानी जाहेरी दिदा समेत प्रहरीले किन आलटाल गर्यो भन्ने प्रश्नको विषय बनेको छ ।’

घटना बारे ताण्डव न्यूजले वेल चौतार प्रहरी प्रमुख विकलाई फोन सम्पर्क गर्दा उनले यस घटनामा कुनै पनि उजुरी र कहिबाट कुनै पत्र नआएको बताए ।  ‘घटना बारे केही थाहा छैन,’ उनले भने, ‘कतैबाट केही पत्र म कहाँ आएको छैन ।’

पीडितलाई दवाव

उजुरी फिर्ता लिन भन्दै पीडित युवतिलाई स्थानीय राजनीतिक दलका नेतादेखि केन्द्रिय स्तरका नेताहरुले पनि पटक पटक दवाव दिएको स्रोतले बतायो । राजनीतिक दवावपछि स्थानीय प्रहरीले पनि घटना लुकाउन खोजेको पीडित पक्षको आरोप छ ।

घटनाबारे जानकारी लिन वडाध्यक्ष रेग्मीलाई फोन सम्पर्क गर्दा उनको फोन अफ सुनियो ।

नगरपालिकाले वेल चौतारी प्रहरीलाई पठाएको पत्र विवरण

 

श्री ईलाका प्रहरी कार्यालय
वेलचौतारा तनहुँ

विषय : उजुरी फरवार्ड गरिएको बारे ।

महोदय,
उपयुक्त सम्बन्धमा ४ न‌ प्रदेश शुक्लागण्डकी नगरपालिका निवासी……को छोरी वर्ष २५ की……को मिति २०७५ मसिर ३ गते यस न्यायिक समितिको कार्यालयमा दर्ता हुन आएको र उक्त निवेदन पत्रमा निवेदनको उजुरी प्रकृति यस न्यायिक समितिको क्षेत्राधिकार भित्र नपर्ने देखिन आएको हुँदा प्रचलित नेपाल कानुन अनुसार गर्न गराउन इलाका प्रहरी कार्यालय वेलचौतारालाई सिफारिस गरिन्छ ।

न्यायिक समिति संयोजक एव उप प्रमुख
सविता रसाइली
शुक्लागण्डकी नगरपालिका

उजुरी पत्र

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.