www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा ‘स्मार्ट सेल फोर जी’

पोखरा
ताण्डव न्यूज ।

स्मार्ट टेलिकम प्राइभेट लिमिटेडले ‘स्मार्ट सेल फोर जी’को सेवा पोखरामा विस्तार गरेको छ । कम्पनीले काठमाण्डौं, ललितपुर, भक्तपुर पछि पोखरामा शाखा कार्यालय स्थापना गरि सेवा विस्तार गरेको हो ।

सोमबार पोखरा महेन्द्रपुल स्थित स्मार्ट सेलको शाखा उद्घाटन नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले गरे ।  एनटिसी र एनसेल भन्दा सस्तो दरमा फोन कल र डाटा सेवा उपलब्ध गराइएको कम्पनीका क्षेत्रीय म्यानेजर गणेश लामिछानेले बताए ।

Batas

कम्पनीले सेवाको प्रारम्भ सँगै नाइट डाटा प्याक्स अन्तर्गत सुलभ दरमा सेवा दिइने भएको छ ।

२ सय २८ रुपैयाँमा तीस दिनको लागि राति १० बजे देखि बिहान ६ बजेसम्मका लागि अनलिमिटेड डाटा प्याक उपलब्ध गराएको छ । त्यसैगरी १५ दिन, एक हप्ता र एक रातको गरि विभिन्न अफरहरु सार्वजनिक गरेको छ ।

कम्पनीको डबल डाटा डबल मज्जा अफर अन्तर्गत उपभोक्ताले एक जिबीको खरिदमा एक जिबी थप गरि दुई जिबी डाटा प्राप्त गर्ने छन् ।

फोन कलमा कम्पनीले स्मार्ट नेटवर्क भित्र ९७ रुपैयाँमा तीस दिनको लागि फोन कल अफर प्रदान गरेको छ । जसमा १५ दिन र सात दिनको समेत छुट्टाछुट्टै अफर प्रदान कम्पनीले गरेको छ ।

विविध सेवा र अफर सहित अन्तर्राष्ट्रिकलमा समेत कम्पनीले छुट सहित सेवा उपलब्ध गराएको छ । जसमा अमेरिका, क्यानडा देखि मेलेसिय, कतार, साउदी अरब लगायत मुलुकमा सुलभ दरमा फोन कल सेवा उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

सन् २००८ जुलाई १ मा स्थापना भएको कम्पनीले उपभोक्ताको सुविधा र सहजतालाई मध्यनजर गर्दै उच्चतम गुणस्तरीय सेवा दिँदै आइरहेको कम्पनीले दाबि गरेको छ ।

स्मार्ट टेलिकम प्रालि नेपालको तेस्रो ठूलो र फास्ट ग्रोविङ मोबाइल अपरेटरको रुपमा नेपालमा सेवा दिँदै आईरहेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.