www.tandavnews.com
Fact ~ In search of truth

गायक सुवेदीले कुँवरलाई ‘सोल्टिनी’ भनेपछि…

पोखरा,
ताण्डव न्यूज

गायक कृष्ण सुवेदीको नयाँ गीत सार्वजानिक भएको छ ।

‘पिर परेर आको बेलामा, स्याङजामा घर छ मलाई के को डर छ,’ लगायत युवापुस्ताको मुखमा झण्डिएका गीतका गायक सुवेदीले मौलिक गीत ‘सोल्टिनी’ बोलको गीत मंगलबार आफ्नै युटुब च्यानलबाट सार्वजानिक गरेका हुन् ।

Batas

गीतमा सुवेदीलाई रिता कार्की कुँवरले स्वरमा साथ दिएकी छन् । सुवेदीको लय÷शब्दमा तयार पारिएको गीतमा गायिका कुँवरको लगानी रहेको छ ।

शिव परियारले निर्देशन गरेको भिडियोमा मोडल महेन्द्र गौतम , सुनिता नेपाली र सुशिल कुँवरको अभिनय देख्न पाइन्छ । हरिष महराले खिचेको भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका छन् ।

पहिलो पटक आफ्नै युटुब च्यनलबाट गीत सार्वजानिक गरेका सुवेदीले गीतबाट पुर्ण मनोरन्जन मिल्ने तथा मौलिक लोक संस्कृतिको जगेर्ना मा ठुलो टेवा पुग्ने बताएका छन् ।

हेराैँ भिडियो

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.