www.tandavnews.com
Fact ~ In search of truth

रोयल्टी व्यवस्थापनको लागि डिजिटल प्रविधि

सन्तोष सुवेदी
पोखरा/ताण्डव न्यूज ।

संगीत रोयल्टी संकलन समाज नेपालले यातयात रोयल्टी व्यवस्थानको लागि डिजिटल प्रविधिको सुरुवात गरेको छ । सोही अनुसार अहिले नेपालभरका यातयात कार्यलयमा पुगी कम्प्युटर जडान कार्य भइरहेको छ ।

एकवर्ष अघि रोयल्टी संकलनको थालनी सुरु गरेपनि उठेको रकम उचित मात्रामा व्यवस्थित भएको थिएन् । यातयातमा गीत बजाए वापत रोयल्टीलाई पारदर्शी बनाउनको लागि डिजिटल प्रविधिको प्रयोग सुरु गरिएको संगीत रोयल्टी संकलन समाज नेपालका प्रवक्ता विपिन किरणले बताए ।

Batas

‘यातयातमा गीत बजाएबापत उठेको रोयल्टीलाई व्यवस्थापन गर्न खोजेको हो, ’ उनले भने, ‘उठेको रोयल्टीलाई पारदर्शी बनाउनको लागि देशभरका ३१ वटा यातयात सेवा कार्यालयमा प्रविधि जडान गरिने छ ।’ किरणका अनुसार बुधबार बागलुङ र पोखराका यातयात कार्यालयमा जडान गरिएको छ ।

हालसम्म १२ ठाउँमा डिजिटल प्रविधि कम्प्युटर जडान गरिएको किरणले बताए । ‘बाँकी रहेका ठाउँमा एक हप्ताभित्र जडान गर्ने तयारीमा छौं,’ उनले भने, ‘कम्प्युटर लगायतको प्रविधि सबै गीत संगीत भित्रकै व्यक्तिहरुका सहयोग प्रदान भएको छ ।’

यसअन्र्तत कास्कीको यातयात कार्यालयमा गीतकार-संगीतकार कस्तुप पन्तले र बागलुङमा गायक÷ संगीतकार वसन्त थापाले कम्प्युटरको सौजन्य गरेका हुन् ।

समाजका महासचिव चन्द्र शर्माले श्रष्टाले आफ्नो गीतबाट रोयल्टी पाउनुपर्छ भन्ने उद्धेश्यले यो अभियान सुरु गरेको ताण्डव न्यूजसँग बताए । उनले यातयात, पार्टी, मेलामहोत्सव लगायतबाट रोयल्टी उठाउन खोजीएको बताए ।

‘अहिले युटुव भ्यूअर्सको आधारमा रोयल्टी दिने व्यवस्था छ,’ उनले भने, ‘यसमा केही कलाकार तथा श्रष्टाहरुले पाइसकेका छन् ।’ शर्माका अनुसार प्रस्तोता समाज नेपालले गायकलाई, संगीत उत्पादक समाजले कम्पनीलाई र संगीत रोयल्टी समाजले संगीतकार र गीतकारलाई रोयल्टी प्रदान गर्दछ ।

हाल ६ पांग्रे ठूला वसले २ हजार रुपैयाँ, ४ पांग्रे १४ सय रुपैयाँ, ट्रक ट्याङकरले १२ सय रुपैयाँ, ट्याक्सी माइक्रो जीपले १ हजार रुपैयाँ, मिनि ट्रक १ हजार रुपैयाँ, पिकअपले ९ सय र ३ पांग्रे ट्याम्पोले ८ सय रुपैयाँका दरले वार्षिक रुपमा संगीत रोयल्टीलाई बुझाउनुपर्ने प्रावधान छ । कास्कीबाट गत वर्ष चैतदेखि हालसम्म झन्डै ३० लाख रुपैयाँ रोयल्टी उठेको रोयल्टी संकलक राम पाण्डेले जानकारी दिए ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य जीवन दाहालले डिजिटल प्रविधि कलाकारका लागि निकै राम्रो भएको बताए । ‘विस्तारै कलाकारको हितको लागि सिस्टम आउँदैछ,’ उनले भने ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.