www.tandavnews.com
Fact ~ In search of truth

कास्कीमा आए एसपी राना

पोखरा
ताण्डव न्यूज ।

जिल्ला प्रहरी कार्यालय कास्कीको जिम्मा सम्हाल्न एसपी ओमबहादुर राना आएका छन् ।

आज एसपी रानालाई स्वागत तथा एसपी अशोक सिहलाई विदाई गरिने कार्यक्रम रहेको प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) खड्कबहादुर खत्रीले बताए ।

Batas

‘अहिले विदाई कार्यक्रम चल्दैछ,’ उनले भने, ‘आजैबाट नयाँ एसपी सा‘बले जिम्मा सम्हाल्नु हुने छ ।’

सिंहले कास्कीमा ९ महिना विताउन नपाउँदै सरुवा भएका हुन् । प्रहरी प्रधान कार्यालयले सिंहलाई महानगरीय प्रहरी कार्यालय विशेष सुरक्षा महाशाखामा सरुवा गरेको हो ।

कास्कीमा आजबाट जिम्मा सम्हाल्ने एसपी राना पनि महानगरीय प्रहरी कार्यालय विशेष सुरक्षा महाशाखाबाट आएका हुन् ।

सरुवा भएका सिंहले कास्कीमा निकै राम्रो काम गरेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.