www.tandavnews.com
Fact ~ In search of truth

स्पर्स लघुवित्तको थप ५ नयाँ शाखा संचालनमा

पोखरा ।

स्पर्स लघुवित्त वित्तीय संस्थाले एकै पटक पाँच वटा नयाँ शाखाहरु संचालनमा ल्याएको छ ।

पोखरा लेखनाथ महानगरपालिका २६, विजयपुरमा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले तनहुँको ऋषिङ्ग गाँउपालिकाको मानपुर, गोरखाको भिमसेन गाँउपालिकाको घ्याम्पेशाल, गुल्मीको छत्रकोट गाँउपालिकाको खज्र्याङ्ग, नवलपुरको वुङ्गदीकाली गाँउपालिकको डेढगाँउ र परासीको बर्दघाट नगरपालिकाको भुताहामा गरी ५ वटा नयाँ शाखा संचालनमा ल्याएको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले बताए ।

Batas

नयाँ शाखाहरुमा सदस्यहरुलाई प्रथम कर्जा वितरण गर्दै शाखाको औपचारीक शुभारम्भ गरिएका बताइएको छ । वित्तीय संस्थाले थप नयाँ शाखा सहित हालसम्म पश्चिमाञ्चल क्षेत्रका १० वटा जिल्लामा २० वटा शाखा संचालनमा ल्याएको छ ।

हाल ५ करोड ६० लाख चुक्ता पूँजी भएको यस वित्तीय संस्थाले १० वटा जिल्लाहरु कास्की, वाग्लुङ्ग, म्याग्दी, लमजुङ्ग, तनहुँ, नवलपरासी, पर्वत, गुल्मी, अर्घाखाँची र गोरखाका बैंकिङ्ग पहँुच नपुगेका गाउँपालिकाहरुमा केन्द्रित भई समावेशी लघुवित्त कार्यक्रम संचालन गर्दै आएको छ ।

जनता बैंक नेपाल, मेगा बैंक नेपाल तथा विभिन्न ७५ जना व्यवसायिक तथा समाजसेवी व्यक्तित्वहरुबाट प्रर्वद्धन भएको स्पर्स लघुवित्तले सबै क्षेत्रका जनताको लागि उपयुक्त हुने किसिमको कार्यक्रम संचालनमा ल्याएको छ ।

वित्तीय संस्थाले आफ्ना ग्राहक सदस्यहरुको आवश्यक्ता र चाहनालाई ख्याल राखी कर्जा तथा बचत सेवामा विविधिकरण गर्दै सदस्यहरुको हित हुने खालका अन्य कार्यक्रमहरु विस्तार गर्ने रणनीति लिएको कुरा प्रमुख कार्यकारी अधिकृत सजल खड्काले बताए ।

आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्न भावि दिनमा मोबाइल बैंकिङ्ग, एबिबिस, एसएमएस नोटिफिकेशन, चेकको प्रयोग जस्ता कार्यक्रमहरु थप गर्नुका साथै दुर्गम भेगमा संचालित शाखाहरुबाट विभिन्न बैंक तथा वित्तीय संस्थाको शाखारहित बैकिङ्गको एजेन्ट भई कार्य गर्ने संस्थाको भावी योजना रहेको बताइएको छ ।

निकट भविश्यमा सर्वसाधारणलाई २,४०,००० कित्ता शेयर निष्काशन गर्ने तयारी गरिरहेको यस वित्तीय संस्थाले २०७५ असार मसान्त सम्म १५ वटा शाखा मार्फत ८,६५४ जना सदस्यहरुमा ३८ करोड ४० लाख उठाउन बाकी कर्जा र तीनीहरुबाट ५ करोड ७५ लाख बचत संकलन गरिसकेको संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.