www.tandavnews.com
Fact ~ In search of truth

स्पिड ब्रेकर हटाउँदै ललितपुर महानगरपालिका

ललितपुर ।

सवारीसाधनको गति नियन्त्रणका लागि सडकमा बनाइएका ‘स्पिड ब्रेकर’का कारण सडक दुर्घटना बढेपछि ललितपुर महानगरपालिकाले सो हटाउने भएको छ ।

स्पिड ब्रेकरका कारण भित्री सडकमा दैनिक जसो सडकमा दुर्घटना हुने गरेको ट्राफिक प्रहरीले बताउँदै आएको छ । यसलाई हटाउनुप¥यो भन्दै धेरैजना नगरवासी कार्यालयमा आइरहेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “केही दिनपहिले एकजना त भाँचिएको हात नै लिएर आउनुभएको थियो ।” महानगरपालिकाका भित्री बाटोमा छोटो दूरीमा नै धेरैवटा स्पिड ब्रेकर छन् । यिनले सडक दुर्घटना बढाएका छन् ।

Batas

आगामी दिनमा नयाँ स्पिड ब्रेकर बन्न नदिने योजना महानगरपालिकाको छ । प्रमुख महर्जनले नयाँ बन्न नदिने र भएका पनि बिस्तारै भत्काउँदै जाने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले कतिपय भत्काइसकेका छौँ र कति भत्काउने क्रममा छौँ ।”

महानगरपालिकावासीले सडक व्यवस्थापन नहुँदा हैरानी बेहोरेको गुनासो गरिरहेका छन् । स्थानीयवासीको गुनासो सम्बोधन गर्दै महानगरपालिका ट्राफिक प्रहरीसँगको सहकार्यमा सडक व्यवस्थापनमा लागेको छ । स्पिड ब्रेकर हटाउने, सडक बत्ती राख्ने, व्यस्त सडक ‘वान वे’ र पर्यटकीय स्थानमा सवारी आगमन रोक्ने काम महानगरपालिकाले गर्दैछ । सडकमा सवारी व्यवस्थापनको काम ट्राफिक प्रहरीको भए पनि संरचना निर्माणको काम स्थानीय निकायको हो ।

(रासस)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.