www.tandavnews.com
Fact ~ In search of truth

स्पोर्ट्स अवार्डको पूर्वसन्ध्यामा टिभिएसको र्याली

पोखरा,

तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्ट्स् अवार्ड २०७४ को पूर्वसन्ध्यामा मुख्य प्रायोजक बतास ब्रदर्श प्रा.लि. र आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले विहीबार बिहान पोखरामा र्याली निकालेको छ ।

युवाहरुमाझ लोकप्रिय टिभिएसको उत्पादन जुपिटर भर्सन २ र अपाचे आरटीआर २०० लिएर झण्डै ५० खेलाडीहरु र्यालीमा सहभागी भए ।

Batas

बतास ब्रदर्श प्रालि.को कार्यालय नयाँबजारबाट सुरु भएको टिभिएस र्याली महेन्द्रपुल, चिप्लेढुंगा, सभागृहचोक, सृजनाचोक, हल्लनचोक, लेकसाइड, राष्ट्रबैंकचोक, विरौटाचोक, पृथ्वीचोक हुँदै पुनः कार्यालयमै पुगेर समापन भएको थियो ।

र्यालीमा नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठक, बतास ब्रदर्श प्रालिका सेल्स मेनेजर सन्तोष पोखरेल, कास्की जिल्ला खेलकुद बिकास समितीका कोषाध्यक्ष दिपक गोदार लगायत चार दर्जन युवा खेलाडीहरु टिभिएसको बाइक र स्कुटरमा सहभागी रहेका थिए ।

शुक्रबार हुने तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्ट्स् अवार्ड २०७४ को तयारी पूरा भएको छ । पोखरा सभागृहमा दिउँसो २ बजेदेखि हुने कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा प्रमुख अतिथिका रुपमा पोखरा आउनेछन् ।

चर्चित गायकहरु कर्णदास, एस कुमार, विनोद बानियाँका प्रस्तुति, हिमाली सांस्कृतिक परिवारका समेत प्रस्तुति रहनेछ । कार्यक्रममा प्रवेश निःशुल्क रहेको छ ।

पोखरा स्पोट्स अवार्डको सर्वोत्कृष्ट वर्ष खेलाडी पुरुषमा कमलबहादुर भण्डारी (शारिरिक सुगठन), करण केसी (क्रिकेट) र तिलक पुन मगर (आर्चरी) परेका छन् । सर्वोत्कृष्ट वर्ष खेलाडी महिलातर्फ बिमला नेपाली (सितेरियो कराँते), कमला पुन (हक्की) र केशरी आले मगर (आर्चरी) मनोयनमा अटेका छन् ।

वर्ष उत्कृष्ट उदीयमान खेलाडीतर्फ विवेक अधिकारी (एथ्लेटिक्स), बुद्धिमाया मगर ‘कविता’ (कबड्डी) मेगबहादुर सेन (क्रिकेट) मनोनित छन् भने वर्ष उत्कृष्ट प्रशिक्षक बिधामा जीवन घिमिरे (शारीरिक सुगठन), रिजन प्रजु (क्रिकेट) र शिवबहादुर गुरुङ (फुल कन्ट्याक्ट कराँते) मनोनयनमा परेका छन् ।

विजेताहरुले टिभिएस अपाचे मोटरसाइकल, टिभिएस विगो स्कुटर, नगद, ट्रफी लगायत पुरस्कार प्राप्त गर्नेछन् । लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रा.डा. वीरेन्द्रसिंह गुरुङ, उत्कृष्ट खेल संघ जिल्ला ब्याडमिन्टन संघ कास्की र एक जना पत्रकारलाई खेल पर्यटन पत्रकारिता पुरस्कार समेत अर्पण गरिनेछ ।

पोखरेली गायक बिनोद बानियाँलाई समेत सम्मान गरिनेछ । उदियमान खेलाडी र सम्मानित पत्रकारलाई वल्र्डवाइड कनेक्सन चिप्लेढुंगाको तर्फबाट एक÷एक थान सामसुङ कम्पनीको आकर्षक मोबाइल समेत प्रदान गरिनेछ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.