www.tandavnews.com
Fact ~ In search of truth

उखुबाट खुदो बनाउने चटारो (फोटो फिचर )

पोखरा,
ताण्डव न्यूज

पोखरा–३२ ढोरबेंशीमा उखु थन्काउने चटारो चलिरहेको छ । बारीमा रहेको उखुलाई खुदो बनाउनको लागि त्यहाँका किसानहरु रातदिन व्यस्त देखिन्छन् ।

किसानहरु बिहानै उठ्छन् घरको काम अनि नजिकै रहेको उखु भट्टीमा जान्छन् अनि त्यसको खुदो बनाउँछन् । अघिल्लातिर ठूलो बाँसको झाँडी आँडैमा रहेको सानो झुप्रो ।

Batas

झुप्रोमा छ वटा ठूलो भाँडामा उखुको रस पाकिरहेको छ । पुस र माघ महिना उखुको सिजन भएरनै उनीहरु उखुबाट खुँदो बनाउन न चिसो न रात नै भन्ने गर्छन् ।

त्यहाँ झन्डै ५० घरधुरीले उखुँ खेती गर्छन् । बर्षदिनको एकपटक हुने उखुँ खेती व्यावसायिक रुपमा दुख भएपनि यसको माग निकै हुने गरेको किसानहरु बताउँछन् ।

गत वर्षजस्तो यो वर्ष उखु खेती नहुँदा उनीहरु चिन्तित देखिन्छन् । ‘उखुँ खेती मन पर्छ । उखुको खुदो बेचेर एक वर्षदिनलाई पुग्ने कमाई हुन्छ,’ स्थानीय कृषक ईश्वर अधिकारीले भने, ‘पहिला–पहिला जस्तो उत्पादन त गर्न सकिएको छैन् ।

बुढापाकाले थोरै खेतमा उखु लगाउने गरेको पाइन्छ ।’ उखु बेचेर मनग्य आम्दानी हुने उनीहरु बताउँछन् । कृषकका अनुसार त्यहाँ ९० प्रतिशत बासकडा उखुँ उत्पादन हुने र बाँकी ग्यावरा उखुँ लगाउने गरेको पाइन्छ ।

ढोरवेशीमा उखु मेल्ने आधुनिक मेसिन आएको १२ वर्षजति भयो । त्यहाँ दुईवटा मेसिन छ । यतिबेला त्यहाँका स्थानीयहरु मेसिनमा उखु पेलिरहेको अवस्थामा भेटिन्छन् ।

ढोरबेंशी कृषि समूहका ३० सेयर र अर्को समूहका २० जना सेयर सदस्यबाट दुई ठाउँमा मेसिन ल्याएर उखुको खुदो उत्पादन गर्दै आएका छन् । ‘मेसिनमा लगानी समूहबाट र कृषि अनुदानबाट भएको हो,’ अधिकारीले भने, ‘भारतबाट ल्याएको यस मेसिनबाट उखु पेल्न धेरै सुविधा भएको छ ।’

उनीहरुका अनुसार गोरुले पेल्दा दुई वटा गोरु र एउटा कोलको पैसा तिर्नुपथ्र्यो । दुईवटा गोरु बराबर ६ सय रुपैयाँ लाउथ्यो । अहिले मेसिनबाट एक टिन बराबर समूहलाई ५०–६० रुपैयाँ तिर्नुपर्छ ।

त्यो पैसा समूहको कोषमा लगानी गरी आवश्यक सामाग्री किन्ने गरेकाे उनीहरु बताउँछन् । नयाँ आधुनिक मेसिनमा बत्तीको आवश्यक रहने हुँदा कहिलेकाँही लोडसेडिङ हुँदा गाह्रो हुने उनको भनाई छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.