www.tandavnews.com
Fact ~ In search of truth

सुजनले मुख्य मन्त्री गुरुङको नाम लिदैँ धम्काएपछि

पोखरा
ताण्डव न्यूज ।

मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङको स्वकीय सचिव (पिए) भन्दै सुजन कुमार तामाङले शिवराज गजुरेललाई धम्की दिएका छन् ।

मन्त्रीको स्वकीय सचिवले नै धम्की दिएपछि शिवराजले मिडिया गुहारेका थिए । ताण्डव न्यूजसँग सम्पर्कमा आएपछि सुजन मुख्य मन्त्रीको स्वकीय सचिव नरहेको भन्ने कुरा खुलेको छ ।

Batas

त्यसपछि ताण्डव न्यूजले सोझैँ मन्त्रीकै पिए सूर्यसँग फोन सम्पर्क गरेर घटना बारे सबै जानकारी गरायो । साथै शिवराजले पनि पिए गुरुङसँग आफ्नो कुरा सुनाए । यदि कसैले यसरी नाम दुरुपयोग गरे कानूनी दायरामा ल्याउने सुनाए ।

कुराकानी गरेको केही बेरमा पुनः सुजनसँग शिवराजको फोन सम्पर्क भयो । सुजनले कुरा गर्न पृथ्वीनारायण क्याम्पस बगर गेटमा बोलाए ।

ताण्डवको टोली पनि शिवराजसँगै गेट अघि पुग्यो । सुजन भेटिए उनले पिएनसी भित्र गएर कुरा गर्ने भन्दै सबैलाई भित्र लगे । सुजनले सुरुमै निकै आक्रामक कुरा गरे ।

‘मैले हो तपाईको पैसा खाएको’ सुजनले औला देखाउँदै शिवराजलाई हप्काए । ‘तपाईहरु को हो ?’ भन्दै ताण्डव टोलीलाई पनि औला ठडाउँदै प्रश्न गरे । ‘पत्रकार हो’ भनेपछि उनले कुरा अघि बढाए ।

सुजनले आफूले कसैलाई नधम्काएको बताए । ‘मैले कसैलाई धम्काएको छैन,’ उनले भने, ‘मैले म मुख्य मन्त्री ज्यूको पिए भनेको होइन सचिवालय सदस्य भनेको हुँ ।’

आफू नीजि सचिवालय सदस्य रहेको दाबि गरेपनि पछि फेरी कुरा फेर्न भ्याएका थिए सुजनले ।

‘अहिले सचिवालय बनेको छैन,’ सुजनले भने, ‘मलाई नीजि सचिवालयमा राख्ने कुरा भएको छ ।’ सुजनले बोलेका कुरा ताण्डव न्युजसँग रेकर्ड छ ।

त्यसपछि फेरी मुख्य मन्त्रीकहाँ फोन गरेर बुझ्दा त्यस्तो कुनै सचिवालय नबनाएको र को कसलाई पद दिने भनेर कुरै नभएको जवाफ आयो ।

सिन्धुपाल्चोक किउल–३, घर भई हाल काठमाडौं–८, मित्रपार्क बस्दै आएका शिवराजले सुजनका हजुरबुबा दावा तामाङसँग ९ लाख ४ हजार रकम लिनु पर्ने भएपछि पोखरा आएका थिए ।

तामाङ हाल पोखरा–२५, याम्दीमा बस्छन् । दावाले रकमको कुरा गर्न नाति सुजनलाई बोलाएका थिए । रकम माग्ने क्रममा भनाभन भएपछि सुजनले मुख्य मन्त्री गुरुङको नाम लिदैँ शिवराजलाइ धम्काएका हुन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.