www.tandavnews.com
Fact ~ In search of truth

साइकलमा नेपाल घुम्ने सुमनको सपना

विनिता सुनार
पाेखरा, ताण्डव न्यूज ।

बाल्यकालदेखि नै स्पोर्टसमा रुची भएका सुमन गुरुङ (२४) साइकल स्टन्ट भनेपछि मरिमेट्छन् ।

६ बर्ष भएदेखि स्पोर्टस खेल्न मन पराउने सुमनले सानोमा कराते ट्रेनिङ लिएका थिए । उनी स्कुलको स्पोर्टस मिटमा रनिङमा सधै जित हासिल गर्थे । खेलकुदमा रुची राख्ने सुमनलाई अहिले उत्कृष्ट साइकल स्टन्टको रुपमा चिन्छन् सबैले ।

Batas

सानैदेखि साइकल चलाउने इच्छा रहेको सुमनको पारिवारको आर्थिक समस्याले साइकल किन्न मुस्किल थियो । ‘घरकाले किन्न सक्ने स्थीति थिएन्,’ उनले भने, ‘साथिहरुको मागेर नै साइकल चलाउन जानेको हुँ ।

पोखरा टुरिजम शहर भएकाले पनि बिस्तारै एडभेन्चर खेलहरु बढ्दै गएको उनले सुनाए । एडभेन्चर खेलमा विदेशीहरु नेपालमा बढी रमाउने गर्छन् । विदेशीहरु एडभेन्चर खेलमा रमाउने हुनाले उनीहरुको ध्यान आकर्षण गर्न इभिनिङतिर लेकसाइडमा टि.भीमा एडभेन्चर सो देखाउदा सुमानको पनि मन छुने गथ्र्यो । ‘बाइक, साइकलको स्टन्ट सो हेरेपछि अरु कुरामा मन जानै पाएन्,’ उनले भने, ‘साथीहरु छोडेर जान्थे, म त्यहि घन्टौ समय हेरेरै बिताउथे ।’

साइकलमा साह्रै मन देखाएपछि लेकसाइमा साइकल व्यवसाय गदै आएका संतराम विश्वकर्माले ३ महिनाको बेसिक कोर्स गराएको उनले बताउछन् । ‘३ महिनाको कोर्ससंगै साइकल सम्बन्धि धेरै ज्ञान लिन सफल भए,’ उनले भने, ‘बेसिक कोर्स गरेपछि मलाई साइकल स्टन्टतिर ध्यान जान थाल्यो ।’ उनले एक विदेशी ट्रेनर टंक्की र साथि राजकुमार परियारको सर्पोटमा साइकल स्टन्ट सिके । ‘उनीहरुले उडाएको देख्दा देख्दै मैले पनि साइकल उडाउन सिकेँ,’ उनले भने, ‘साइकल उडाउन सिक्दा धेरै लडे, धेरै चोटपटक पनि लागेको थियो ।’

एक विदेशीले साइकल स्टन्टको डकुमेन्ट्री फिल्म बनाउने क्रममा काल्नाबाट खसेर दाहिने हात नै भाचिँएको तितो अनुभव पोखे । ‘चोटपटक लाग्न खट्टा, औला गर्धन कहि बाकी छैन्,’ उनले भने, ‘साइकल स्टन्ट गर्दा शरिरले धेरै दुःख पनि पाएको छ ।’

साहस, आँट र शक्तिबिना यस्तो खेल खेल्न नसकिने उनी सुनाउछन् । ‘यस्तो खेलमा जोखिम बढी हुन्छ,’ उनले भने, ‘कहिले काहि व्यालेन्स नमिल्दा शरीरलाई गाह्रो पर्न जान्छ । त्यसैले पनि साहसी खेल भनिएको हो ।’

साइकल स्टन्ट गर्दा राइडरले आफुलाई सक्दो सुरक्षित राख्नुपर्छ उनले सुझाए । ‘साइकल उडाउँदा खतरा हुन्छ,’ उनले भने, ‘साइकल उडाउँदा ल्याडिन्ङ मिलेन भने दुर्घटना हुनसक्छ । साइकल स्टन्टमा ड्रेस, आफ्नो सेफ्टिको पनि धेरै ध्यान दिनुपर्छ ।’

सुमन विदेशीहरुसंग मनाङ, मुस्ताङ, स्तुपा, सराङकोट, पोखराका धेरै ठाउँहरुमा साइकलिङ गर्न रुचाउने उनले बताए । ‘नेचुरल ट्रयाकमा साइकल स्टन्ट गर्दा मज्जा हुन्छ,’ उनले भने, ‘नेचुरल ट्रयाक भएकाले विदेशीको पहिलो रोजाइ पनि मनाङ, मुस्ताङमा नै पर्छ । विदेशीहरु नेपालमा स्टन्ट गर्न भनेपछि रमाउँछन् । बाहिर डोजरले बनाएको बाटोहरु हुन्छ । यहाँ भने नेचुरल ट्रयाकमा खुबै रमाउछँन् ।’

सुमनका लागि साइकल स्टन्ट एउटा कला हो । आफुले साइकल उडाएको सबैले आएर हेर्दा उनलाई गर्व महसुस हुन्छ । ‘ग्रुपमा विभिन्न ठाउँहरुमा साइकल स्टन्ट गर्न गइन्छ,’ उनले भने, ‘सबैले स्टन्ट हेर्छन्, हामिले गरेको स्टन्टको फोटो खिच्छन् । अरुको ध्यान आकर्षण गर्न पाउँदा खुसी लाग्छ ।’

साइकलमा राइड गदै जंगल, गोरेटो बाटोतिर उफादै चलाउन निकै रमाइलो लाग्ने उनले बताए । ‘साइकल चलाउँदा माइड फ्रेस हुन्छ,’ उलने भने, ‘साइकल उडाउँदा रिलिफ महसुस हुन्छ ।’

साइकल स्टन्टका विभिन्न ट्रिक्सहरु हुन्छन् । कुनै माटोले बनाएको हुन्छ, उल्टो सुल्टो हान्नी हुन्छ, साइकलको ह्यान्डल घुमाउने, उडाउने लगायत ट्रिक्स रहने उनले बताए । ‘एउटा क्रस कन्ट्री भन्ने हुन्छ यसमा राइडरले साइकल उकालोमा चलाउन पर्ने हुँन्छ,’ उनले भने, ‘यसमा ६० देखि ७० किलोमिटर सम्म साइकल चलाउनुपर्छ । यसमा जो फष्टमा साइकल चलाएर उ फष्ट हुन्छ ।’

अर्काे डाउन हिल हुने जुन ३ किलोमिटर ओरालो झर्नु पर्ने हुन्छ । त्यसमा जुन थोरै समयमा आउछ उसैले जित्छ । क्रस कन्ट्री र डाउनहिल छुट्टै तरिकाको रेस हो ।

सुमनले आजसम्म आइपुग्दा दुई दर्जन भन्दा बढी रेसमा भाग लिसकेका छन् । बाग्लुङमा भएकोमा पहिलो भएका थिए । सन् २०१७ मा नेशनल डाउनहिल च्यामपियनसिपमा कााठमाडौ हात्तिवनमा २५ सहभागिमा सुमन दोस्रो उपाधि जित्न सफल भएका थिए ।

यस्तै नेशनल डाउनहिल कम्पिटिसनमा चौथो भएका थिए । साइकल स्टन्ट गर्न एउटै निश्चत ठाउँ नहुने उनले बताए । ‘धेरै टाढा–टाढा जानु पर्ने हुन्छ,’ उनले भने, ‘साइकलमा नेपाल घुम्ने रहर छ ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.