हाम्रा जीवनमा कति मोबाइल फेरिए, चार्जर फेरिए, सम्बन्धहरु फेरिए । नयाँ एप्सहरु आए, सञ्चारलाई अझै सहज बनाए ।
मोबाइल नहुँदोहो सम्झनुस् त, केके हुँदैन थिए जिन्दगीमा ? धन्न मोबाइल छ हामीले सेल्फी खिच्न पाएका छौँ । मोबाईल छ र पो कसैलाई सम्झिन भ्याएका छौँ ।
चोटादेखी कोठासम्म, भोटदेखि गोठसम्म ।
कसले चलाउँदैन होला र मोबाईल । बस चलाउने तरिका फरक–फरक होलान् तर सबैका हात हातमा मोबाइल । सजिलोसँग सञ्चार गर्न मिल्ने यस भाँडाका धेरै राम्रा पक्ष छन् । राम्रा कुरा राम्रै भए आउनुस् केहीबेर हाम्रा कुरा गरौँ ।
सशस्त्र द्धन्द्धताका मोबाइल भए दुवै पक्षले कति सूचना लिक गर्दा हुन् झैँ उट्टाप सोच आउँछ कहिले कसो ।
अचेल ट्राभलिङ टु हङकङ र ट्राभलिङ टु सिंगापुर राख्ने कम्रेडहरुले उहिले ट्राभलिङ टु दिस बन टु द्याट जंगल भन्द्या भा त बित्यास । प्लानिङ टु अट्याक फलानो गण भन्या भा ? अफ्टर कम्पलिटिङ सफाया अफ फलानो भन्दै पोष्ट ग¥या भा ?
सामाजिक सञ्जालमा बर्दी लगाएर फोटो पोष्टीन मनाही गरि परिपत्र जारी गर्दा पनि उल्लंघन गर्ने सर म्यामहरुको के स्टाटस् हुँदो हो त्यसबेलाको टाइमलाइनमा ? च्याट्ट राईफल बोकेर बुट ढल्काउँदै अप्रेसन अफ ढिस्कानो कि ?
करेन्ट स्टाटस अफ मिस्टर वा मिसेज अफ्टर करेन्ट इन वाटर इन्भेष्टिगेसन ।
खैर यि भए पूराना कथा । अब नयाँ जमानाका कुरा गरम । केही सामाजिक क्षेत्रकै जान पहिचान व्यक्तिहरुले नै पार्टी खुलाएर शुभकामना दिँदै पार्टीको बखान गरिदिनुहुन्छ ।
सार्वजनिक पदमा भएको मान्छेले एक पक्षलाई काँधमा हालेर अर्को पक्षका विरुद्ध रत्यौली गाउँदा शोभनीय त कत्ति देखिन्न । अघिल्ला तीन चुनाव ताका कसैले कुनै दललाई तीन पुस्तापुग्ने गरी गाली गरेको त कसैले सात पुस्ता पुग्ने गरी बयान गरेको हेर्ने साईत जु¥यो ।
आहा मोबाइल ! तिमी नभएको भए यस्तो मौका कसरी जुथ्र्यो होला है ।
अचेल यसो हेर्यो कार्यक्रममा ठुलो आतिथ्यताका लागी बोलाइएका प्रमुख अतिथी देखि सामान्य अतिथीसम्म सबैका हातमा मोबाइल । कुन वक्ताले बोल्ने, कुन श्रोताले सुन्ने ? मञ्चका मन्तब्य भन्दा मोबाईलै प्यारो ।
कुनै कुनै कार्यक्रममा अझ रमितै लाग्छ, फुल साउन्डमा मोबाइल राख्नेहरुले कार्यक्रम स्थलमै फोन उठाएर जोड जोडले बोलेको देख्न पाउँदा । आफू बसेको स्थलको संवेदनशिलता नबुझिदिँदा कहिले कसो मोबाईल बजेर राष्ट्रिय गान नै हापिन्छन् ।
शोक सभामा पनि ठुलो आवाजमा मोबाइल बजेर कतिलाई झोँक चलाउँछन् । त्यो साईलेन्स् र भाईब्रेटवाला अप्सन चैँ कुन दिन काम लाग्छन् कुन्नी ।
हिजो अस्ती एक मित्रको फेसबुक वालमा एक कहाली लाग्दो पोष्ट थियो । त्यस पोष्टमा जल्दै गरेको यात्रुवाहक बसका अघिल्तिर उभिएर सेल्फी खिच्ने व्यक्तिका बारेमा सम्झँदा अचम्मै लाग्छ ।
कुन ब्रान्डको मोबाइल होला त्यो ? जसमा अरु जल्दै र बल्दै गरेका फोटा सारै राम्रा खिचिन्छन् र फोन ग्यालरीमा अटाउँछन् । केहीले दाहसंस्कारका लागि शव उचालेर हिँड्दै गरेको फोटो सम्म राख्न भ्याउँछन् । यमराजकै आदेश आएझैँ गरी ।
मोबाइल नभए ठुला बडासँग खिचेको फोटो कहाँ पोष्टिनु ? मन्त्री ६÷६ महिना ताका फेरिँदा बधाई दिनु परेन र ? काकाकाकी, भिनाजु, भाञ्जा भाञ्जी नाता पर्नेसँग खिचेका फोटा राखिएन भने भोली तिनले हामीले अह्राएका काम गरिदेलान् र ?
सामाजिक सञ्जाल होकी शक्ति प्रर्दशन केन्द्र ? बेला बेला छुट्याउनै हम्मे पर्छ ।
चेलीबेटीहरुले तिजमा गरगहना देखाउन नपाउँदा कति उकुसमुकुस हुन्थ्यो होला ? छोराछोरी विदेशका लागि उडेको अथवा नेपाल फर्किएको खबर सामाजिक सञ्जालबाट जगतलाई सुनाउन नपाए त संसारै सक्किगोनी ।
हत्तेरी, भुराभुरीले यती अंक ल्याएका खबर हुन् अथवा यो तह उत्तिर्ण गरे भन्ने खबर नराखे त यो समाजमा गनिने मै शंका उठ्ने बेला आइसकेछ ।
मोबाइल नभएको भए सेल्फी खिच्दा नारायणीमा ज्यान जाने थिएनन् । ग्रुप च्याटबाट हटाएको दोषमा कसैले जीवन गुमाउनु पर्दैनथ्यो । पोष्ट, म्यासेज वा लाईक कमेन्ट गरेका कारण परिवारमा कलह त हुँदैनथ्यो होला ।
पति पत्नीकाबीच पारपाचुके पनि यति धेरै हुँदैनथे कि । मोबाइलले जोडेका सम्बन्धहरु बलात्कार वा धोकामा टुंगिदैन थिए होलान् ।
मोबाइलको प्रयोग सही रुपमा नगर्दा नयाँ–नयाँ खाले अपराध देखिन थालेका छन् । आफूले चलाउने सामाग्रीका नकारात्मक र सकारात्मक दुवै पक्षका बारेमा ध्यान दिउँ । मोबाइलले धेरै सुविधा दिएको छ ।
संगै धेरैलाई कारावाही पनि दिलाएको छ । सचेत तपाई हामी सबैको जीवनमा दुर्घटना हुन सक्छ ।
आजको आहा मोबाइल भोलीलाई आत्था मोबाइल नबनोस् ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.