www.tandavnews.com
Fact ~ In search of truth

बलात्कार आरोप लागेका सुन्दर कुमार श्रेष्ठ धरौटीमा रिहा

पोखरा
ताण्डव न्यूज ।

पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दर कुमार श्रेष्ठ धरौटीमा रिहा भएका छन् ।

किशोरी बलात्कारको आरोपमा परेका श्रेष्ठलाई कास्की प्रहरीले चैत २४ गते ५ दिनको लागि म्याद थप गरि अनुसन्धान अघि बढाएको थियो । १६ वर्षकी किशोरीलाई बलात्कार गरेको आरोपमा श्रेष्ठलाई कास्की प्रहरीले चैत्र १८ गते पक्राउ गरेको थियो । त्यसपछि पहिलो पटक ६ , तेस्रो पटक १० दिन गरि आइतबार तेस्रो पटक ५ दिनको लागि म्याद थपिएको थियो ।

Batas

थुनछेक बहसपछि जिल्ला अदालत कास्कीले श्रेष्ठलाई ५ लाख रुपैयाँ धरौटीमा छाडेको हो । जिल्ला न्यायधीश लालकाजी श्रेष्ठको इजलासले श्रेष्ठलाई धरौटीमा रिहा गर्न आदेश दिएको अदालत श्रोतले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.