www.tandavnews.com
Fact ~ In search of truth

सूर्यको हत्या हो कि होइन ? अनुसन्धान अघि बढ्यो

पोखरा
ताण्डव न्यूज ।

सूर्य क्षेत्रीको घटनाको अनुसन्धान अघि बढ्ने भएको छ ।

घटना बारे वुझ्न आज राष्ट्रिय मानव अधिकार आयोग पोखरा कार्यालयका निमित्त निर्देशक नितु गर्तौला, इन्सेक पोखरा कार्यालय संयोजक शिव खकुरेल, इन्सेक पोखरा कार्यालयका प्रलेख अधिकृत सुमित्रा भट्टराई र सूर्यकी आमा विष्णुकुमारी पाण्डे कास्की प्रहरीकहाँ पुगेका थिए ।

Batas

घटना बारे छलफल भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी रविन्द्रमान गुरुङले घटना बारे अनुसन्धान अघि बढ्ने बताए । ‘घटना पुरानो हो, हामी फेरी सुक्ष्म अध्ययन गरेर अघि बढ्छौ,’ उनले भने, ‘अनुसन्धानमा कुनै कसर बाँकी राख्दैनौ ।’

मादी सिल्दुजुरे घर भई पोखरा नयाँ बजार बस्ने २५ वर्षीय सूर्यको २०७१ साल फागुन ६ गते नयाँ बजार राम मन्दिर पछाडि सेती नदी पुलमुनि शव फेला परेको थियो । सूर्यकी आमा विष्णुकुमारी पाण्डे आफ्नो छोरालाई कुटेर हत्या गरेको आरोप लगाएकी थिइन ।

यो पनि पढ्नुहोस्

छोराको हत्या, न्यायकालागि भौतारीदै आमा

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.