www.tandavnews.com
Fact ~ In search of truth

स्वास्थानी व्रतको महत्व के छ ?

पोखरा
ताण्डव न्यूज ।

‘मानिसलाई आध्यात्मिक बनाएको छ’

Batas

कन्चन थापा (पत्रकार)

श्री स्वस्थानी व्रत पौष शुक्ल पुर्णिमा देखि माघ शुक्ल पुर्णिमा सम्म १ महिना सम्म यो व्रत चल्छ । अझै भन्नु पर्दा आम नेपाली महिलाहरुले लिने व्रत भन्दा पनि अलि कठिन व्रतको रुपमा लिइन्छ । थुप्रै धार्मिक र सामाजिक महत्व बोकेको यस स्वस्थानीको व्रत सत्य युगमा हिमालयकी छोरी पार्वतीले महादेव पति पाउ भनेर १ छाक खाएर निकै कस्टका साथ व्रत बसेको र व्रत पश्चात् आफ्नो मनोकामना पूरा भएको जन विश्वास पाइन्छ भन्ने भनाईहरु छन् ।

साथै अर्काे सामाजिक पाटोलाई हेर्ने हो भने गोमा व्राह्मणीको कथाले प्राचिन समयमा पनि बालबालिकाहरुका नराम्रा असरहरु प्रस्तुत गदै बालबालिकाबारे जनतचेतना फैलाएको छ भने संसारको श्रृष्टी अनि शिव पार्वती सम्बन्धका कुराहरुमार्फत धेरै ठाउँमा नारी पुरुषबीचको लैङ्गीक समनताको वकालत पनि गरेको छ ।

श्री स्वस्थानी व्रत कथाका केहि सन्दर्भ उठाएर सनातन धर्मको आलोचना नभएको भने हैन तर पनि मानिसलाई आध्यात्मिक तर्फ लैजान स्वास्थानी व्रत कथाको महत्वपूर्ण कुराहरु कथामा आउने विभिन्न सन्दर्भलाई लिन सकिन्छ ।

‘स्वास्थानी व्रत कथा अतुलनीय छ’

मिर्मिसा पराजुली (शिक्षिका)

स्वस्थानी व्रत कथाको हाम्रो समाजमा बेग्लै स्थान छ । परापूर्वकाल देखिको स्वस्थानी प्रतिको आस्थाको स्वरुप पौष शुक्ल पुर्णिमा देखि एक महिनासम्म घर घरमा स्वस्थानी पढिन्छ र व्रत पनि बसिन्छ । श्री स्वस्थानी कथाका आधारमा केहि अध्यायमा महिला अनि पुरुषका बिचका विभेदहरु छर्लङग पनि छन् । आजभोलि त्यहि आधारमा धेरैले श्री स्वस्थानी पढ्न अनि व्रत बस्न छोडेका पनि छन् । तर मलाई के लाग्छ भने अहिलेको समय र परिस्थितिका आधारमा त्यो बेलाको स्वस्थानीका कथामा पात्र प्रसंगलाइ तुलना गरेर स्वस्थानी पूरा काल्पनिक हो, महिलालाई होच्याइयो पुरुष दमन बाहेक अरु केहि छैन भन्न मिल्छ ? त्यो बेलाको समाजको आधारमा त्यो समयमा आएर मेल खाएन । त्यसैले त्यो पनि एउटा इतिहास हो यसरी बुझनुपर्छ थियो होला जुन अहिलेको समयमा आएर मेल खाएन । त्यसैले त्यो पनि इतिहास हो यसरी बुझछु म, अनि अर्काे कुरा आस्थाको विश्लेषण हुदैन् र म पनि गर्न सक्दिन । आधुनिक २१ औँ शताब्दीमा र यहाँका मान्छेको तुलना त्यो युगसम्म गर्न जरुरी पनि छैन र मेल पनि खादैन । श्री स्वास्थानी व्रत कथा अतुलनीय छ भलै त्यो कथा लेख्ने लेखकहरुले हरेक घटनाहरु काल्पनिक लेख्यो वा बढाएर घटाएर लेख्यो जे जसरी लेखेपनि त्यो समाजलाई चित्रण गरेको छ ।

‘पूजापाठमा ध्यान गर्दा फाइदा हुन्छ’

सन्तोषी श्रेष्ठ

फुलको आखाँमा फुलै संसार भने झै हामिले राम्रो प्रतिफल पाउँन सकारात्मक सोच लिएर राम्रा विषयको अनुशरण गर्नु जरुरी हुन्छ । कथाबाट धेरै सकारात्मक सन्देशहरु लिन सक्छौ, महिना दिन सम्म बिलसिता त्यागि सात्विक भोजन ग्रहण गरी एकभत्त रहि एकचित भई पूजापाठमा ध्यान गर्दा शारीरिक मानसिक रुपमा नै मानिसको स्वास्थ्यमा प्रत्यक्ष सकारात्मक प्रभाव पर्दछ ।

व्रत तिर्थ गर्दैमा फल मिलिहाल्छ भन्ने होइन कि यो व्रतले एकाग्रह भएर आफ्नो लक्ष्यमा केन्द्रित भएर सफलता मिल्छ भन्ने सन्देश दिन्छ । यस्ता व्रतले हामिलाई हरेक तवरले संयमित बनाउँदछ । सरसफाइमा सचेत बनाउने मात्रै नभई स्मरण शक्तिलाई पनि बढाउँदछ । संकुचित सोचलाई हटाइ सकारात्मक भावना पैदा गराउनु साथै एकाग्रहता धैर्यता र लगनशिलताको ज्ञान दिलाउँछ ।

संसारमा सबै चिज छ बस कसैलाइ सन्देह नहुने गरि अमृत र बिष छुटाएर अमृत पिउनसक्नु हाम्रो महानता हो । त्यसैले हामिले बैरभाब र प्रतिसोध भावनाले हैन कि स्वच्छ सुन्दर सोचले सबै प्रति सद्धाव राख्दै अघि बढ्न जरुरी अनि मात्र संसार सुन्दर देखिन्छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.