www.tandavnews.com
Fact ~ In search of truth

स्याङ्जामा ज्वाइँले रड प्रहार गर्दा ससूराको मृत्यु, सासू घाइते

वालिङ, स्याङ्जा (रासस)

आफ्नै ज्वाइँले रड प्रहार गर्दा घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ ।

स्याङ्जाको बिरुवा गाउँपालिका–३, राङभाङ बस्ने ७८ वर्षीय मोहनसिंह थापाको निजकै छोरी ज्वाइँ खुमबहादुर थापाले असार १७ गते राति रड प्रहार गर्दा घाइते बनेका मोहनसिंहको उपचारका क्रममा फिस्टेल अस्पताल, पोखरामा बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

Batas

छोरी ज्वाइँ खुमबहादुरले प्रहार गरेको रडबाट घाइते भएकी मोहनसिंहकी श्रीमती ६९ वर्षीया चित्रकुमारी थापाको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको र निजको फिस्टेल अस्पताल पोखरामा नै उपचार भइरहेको छ ।

रड प्रहार गरी घाइते बनाउने मृतकका आफ्नै ज्वाइँ खुमबहादुर थापालाई निजकै घरबाट पक्राउ गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.