www.tandavnews.com
Fact ~ In search of truth

ताण्डवको एजेन्सी मिट काठमाडौंमा सम्पन्न

काठमाडौं
ताण्डव न्यूज ।

गण्डकी प्रदेशको राजधानी पोखराबाट प्रकाशन हुँदै आइरहेको पत्रिका ताण्डव साप्ताहिक र अनलाइन पोर्टल ताण्डव न्यूज डटकमले एजेन्सी मिट कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार काठमाडौंमा विभिन्न विज्ञापन कम्पनिका एजेन्सी प्रतिनिधिहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै नेपाल विज्ञापन संघका अध्यक्ष रविन्द्र कुमार रिजालले सुन्दर पोखराबाट पठनिय पत्रिका र अनलाइन सञ्चालन भएकोमा खुसी व्यक्त गरे । अनलाइन न्यूज पोर्टलको संख्या गणना गर्नै नसकिने गरि बढेको उल्लेख गर्दै समाचार प्रकाशनमा ताण्डवको फरक शैलीले छुट्टै पहिचान दिएको उल्लेख गरे ।

Batas

‘अनलाइनको संख्या गणना गर्न सक्ने अवस्था नै छैन’, उनले भने ‘ताण्डवको जुन फरक शैली छ, यसले समाजमा सकारात्मक प्रभाव त पार्छ नै, सँगै आर्थिक दृष्टिकोणले नियाल्दा प्रोडक्टको विज्ञापन गर्न चाहनेका लागि पनि यसले आकर्षित गर्छ ।’
देशको राजधानी काठमाडौंबाट पनि धेरै साप्ताहिक पत्रिका प्रकाशन हुने गरेको स्मरण गर्दै अध्यक्ष रविन्द्रले ताण्डवको समाचार प्रकाशन शैली काठमाडौंबाट प्रकाशन हुने साप्ताहिकहरुले पनि अवलम्बन गर्न योग्य रहेको जनाए ।

ताण्डवका सम्पादक अर्जुन गिरीले पोखरामा मिडिया सञ्चालन गर्नु आफंैमा चुनौती रहेको बताए । बिना उद्देश्य बग्रेल्ती मिडियाको स्थापना हुँदा यसको विश्वसनियता माथि प्रश्न उठ्ने गरेको आक्षेप सुनाउँदै उनले केहि युवाहरुको टोलीले विश्वसनियता र सन्तुलित समाचार पाठकमाझ पुर्याउन ताण्डवको स्थापना गरेको प्रष्ट्याए ।

मिडिया सञ्चालनको मेरुदण्ड विज्ञापन एजेन्सी रहेको उल्लेख गर्दै गिरीले भने ‘मिडिया सञ्चालनको मुख्य मेरुदण्ड नै विज्ञापन एजेन्सी हो । एजेन्सीहरुको साथ पाएमा हामीले अझ धेरै पाठकमाझ निरन्तर पठनीय र सन्तुलित समाचार प्रकाशन गर्नेछौं ।’

कार्यक्रममा ताण्डव न्यूजका अध्यक्ष रमण पौडेल, प्रबन्ध निर्देशक विजय लम्साल, काठमाडौंमा सञ्चालित विभिन्न विज्ञापन एजेन्सी प्रतिनिधि र शुभेच्छुकहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन लक्ष्मी जिसीले गरेकी थिइन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.