www.tandavnews.com
Fact ~ In search of truth

रिजाल र काफ्लेको तीज गीत ‘छुन हुने भए त’ बजारमा

पोखरा
ताण्डव न्यूज ।

हिन्दुहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै बजारमा थुप्रै गीत यो वर्ष पनि आए । २ वर्षपहिले तीजकै सेरोफेरोमा निकालिएको गीत ‘घर शून्य भो’ ले निकै चर्चा कमाएपछि गायक तथा सर्जक घनश्याम रिजालले तीजलाई निरन्तरता दिन थाले ।

यो पटक उनले नवगायिका सुमित्रा काफ्लेसँगको सहकार्यमा ‘छुन हुने भए त’ तीज बजारमा ल्याएका छन् । पशुपति शर्माको लय संकलन रहेको गीतमा गायक रिजालले नै शब्द कोरेका छन् ।

Batas

केही दिनअघि मात्र घनश्याम रिजालको आफ्नै अफिसियल युटुब च्यानलबाट गीतलाइ सार्वजानिक गरिएको छ । गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् । राजेश घिमिरेले खिचेको उक्त भिडियोमा मोडलद्धय अन्जली अधिकारी र निर्मल क्षेत्रीले कम्मर मर्काएका छन् ।

भिडियोलाई थप मसलेदार बनाउनको लागि पोखरेली माग्नेबुढा र धुर्मुसले परिचति युवराज भण्डारी र राजेन्द्र नेपालीको कमेडी पनि समावेश गरिएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.