www.tandavnews.com
Fact ~ In search of truth

गोपीलाई नेप्लीज इन्काउण्टर कपको उपाधी

पोखरा ।

गोपीबहादुर भट्टराइले नेप्लीज इन्काउण्टर पोखरा ओपन भेट्रान टेनिस प्रतियोगिताको उपाधी जितेका छन् ।

कास्की जिल्ला टेनिसको मासिक कार्यक्रम तथा नेप्लीज इन्काउण्टरद्वारा आयोजित प्रतियोगिताको आइतबार पोखरा रंगशालामा भएको फाइनल खेलमा विकास गुरुङ्गलाई पराजित गदै भट्टराईले सो उपाधीमा आफ्नों नाम लेखाएका हुन् ।

Batas

पहिलो सेटमा ६–३ ले पराजित भएका विकासले दोश्रो सेटमा भट्टराईलाई ६–३ कै जवाफ फर्काएका थिए । तर सुपरटाईमा अग्रता कायम गरेको खेल समेत जोगाउन नसक्दा गुरुङ्गले उपविजेतामै चित्त बुझाउन प¥र्यो ।

मन्थ्ली टेनिसमा भट्टराईको यो दोश्रो उपाधी हो । यसअघि पहिलो संस्करणको प्याराडाइज कपमा उनी विजेता तथा तेश्रो संस्करणको मेसुका कपमा उनी उप–विजेता बनेको थिए ।

विजेता खेलाडीहरुलाई प्रतियोगिताको मुख्य प्रायोजक नेप्लीज इन्काउण्टरका प्रोपाइटर नारायण पहारी, कास्की जिल्ला टेनिस संघका अध्यक्ष विनोद कायस्थ लगायतले नगद सहित ट्रफि पुरस्कार प्रदान गरेका थिए । संघ कास्कीका सचिव लोक गुरुङ्गले कार्यक्रम सञ्चालन गरेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.