www.tandavnews.com
Fact ~ In search of truth

तेश्रो मिष्टर बुल्समेन च्याम्पियन बने काठमाडौका सिजापती

पोखरा
ताण्डव न्यूज ।

पोखराको खेलकुद र सामाजिक क्षेत्रमा कृयाशिल बुल्समेन क्लबले पोखरामा आयोजना गरेको ‘तेश्रो मिष्टर बुल्समेन खुल्ला राष्ट्रिय शारिरिक सुगठन प्रतियोगिता तथा प्रथम महिला फिटनेस च्याम्पियनशिप २०७५’ अन्र्तगत काठमाडौ नेपाल व्यायाम मन्दिरका मिलन बिक्रम सिजापती तेश्रो मिष्टर बुल्समेन च्याम्पियन बनेका छन् ।

पोखरा रंगशाला स्थित नव निर्मित बहुउद्धेश्यिय कभर्डहलमा सम्पन्न प्रतियोगितामा सिजापती ८० केजी तौलमा प्रथम हुँदै फाइनल राउण्डको प्रतिष्पर्धामा पगेका उनले सबै तौल सुमहमा प्रथम हुने ६ जना प्रतियोगिलाई उछिन्दै मिष्टर बुल्समेन च्याम्पियन बनेका हुन । सिजापतीले नगद ३ लाख सहित बुल्समेन ट्रफी हात पारे ।

Batas

त्यसैगरी प्रथम महिला फिटनेस च्याम्पियन–०७५, विनिता राई बन्न सफल भईन् । उनले ४० हजार १ सय ११ नगद रुपैयाँ सहित प्रमाण पत्र र मेडल हात पारिन् ।


प्रतियोगितामा ६० केजी तौलमा पोखरा जायन्ट फिटनेशका मनोज केसी प्रथम, काठमाडौ नेपाल व्यायाम मन्दिरका रबी मर्हजन द्वितिय र भक्तपुर टोटल फिजिकल फिटनेशका किशन दास दिवाकार तेश्रो भए ।

यसै गरि ६५ केजी तौल सुमहमा बुटवल फिटनेशका मोतिलाल चौधरी पहिलो भएका छन । सोही स्र्पाधामा काठमाडौ फिटनेश फष्र्टका रोजेज बर्जाचार्य द्वितिय र काठमाडौ डिभाइन फिजिकलका प्रज्वलमान शाक्य तृतिय भए ।

प्रतियोगितामा ७० केजी तौलमा मेगा जिम पोखराका भरत श्रेष्ठ प्रथम, काठमाडौ नेपाल व्यायमका सन्जिव कुमार श्रेष्ठ द्वितिय र विराटनगर पावर जिमका अमृत दमाई तृतिय भए । यसै गरि ७५ केजी तौलमा भक्तपुर पारामाउण्ट फिजिकलका प्रवेश श्रेष्ठ प्रथम, चितवन जिमका मरिचमान लामा द्वितिय र काठमाण्डौ रिभर फिल्ड जिमका अशोक मर्हजन तृतिय भएका छन ।

यसै गरि ८० केजीमा नेपाल व्यायमका मिलन विक्रम सिजापती प्रथम, झापा ग्यालेक्सी फिटनेशका ललित धिमाल द्वितिय र काठमाण्डौ न्यू फेल्यास फिटेशका नरेश मालाकार तृतिय भए । प्रतियोगितामा ८० केजी तौल भन्दा माथीको क्याटोगरीमा मोरङ पथरी फिटनेशका प्रकाश राई प्रथम, नेपाल मन्दिरका ग्रेस मर्हजन द्वितिय र रुपन्देही ह्युमर फिटेशका विष्ण् कुमार निशाद तृतिय भए ।

प्रतियोगितामा प्रत्येक तौल क्याटोगरीमा पुरुष तर्फ प्रथम, द्वितिय र तृतियले नगद २०, १५ र १० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.