www.tandavnews.com
Fact ~ In search of truth

मेलामा अष्ट्रेलियन युर्निभसिटीको प्रतिनिधि रहनेछन्

यही भदौ २० गते बुधबार पोखरामा ‘थर्ड आइ एजुकेसन अष्ट्रेलियन एजुकसेन फेयर’ हुँदैछ । थर्ड आइ एजुकेसनकै सभाहल द्धा कम्प्लेक्स चिप्लेढुंगामा हुने फेयरले अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीको लागि सहजताको बाटो देखाउनेछ । शैक्षिक परामर्शदाताद्धारा करियर काउन्सेलिङसँगै एब्रोड स्टडिको विविध विषयमा परामर्श दिन मेला आयोजना गरिएको हो । मेलाको बारेमा थर्ड आइ एजुकेसनका अध्यक्ष प्रकाश गैह्रेसँग गरिएको कुराकानीको सार:

अष्ट्रेलियन एजुकेसन फेयरको तयारी कस्तो हुँदैछ ?

तयारीलाई दु्रत गतिमा अगाडि बढाएका छौं । मिडियाहरुदेखि कलेज युनिभर्सिटी आउनेहरुको फाइनल लगायतका सबै काम सकिएको छ ।

Batas

शैक्षिक मेला आयोजना गर्नु उद्धेश्य के हो ?

पोखरामा विभिन्न मेला भइराखेको अवस्था छ । यो एउटा कन्ट्री स्पेसिक रहेर गरिएको मेला हो । अष्ट्रेलियाको १५ भन्दा बढी युनिर्भसिटी कलेजको सहभागी रहनेछ । विद्यार्थीले प्रत्यक्ष रुपमा अवलोकन गर्न पनि पाउनेछन् । अष्ट्रेलिया पढ्न चाहाने विद्यार्थीले विशेष लाभान्वित हुने देखेर नै मेला आयोजना गर्न लागेको हो । अष्ट्रेलियाको शिक्षा प्रणाली, परिवर्तिन नीति, कलेज तथा युनिभर्सिटीका कोर्षहरुका बारेमा फेयरमा विस्तृत जानकारी दिइनेछ ।

अन्य शैक्षिक मेला भन्दा यो मेलामा के फरक छ ?

यो मेलामा विद्यार्थीले डाइरेक्ट फस्ट एण्ड इनर्फमेसन लिन पाउँछन् । मेलामा विभिन्न विद्यार्थीलाई छात्रबृत्तिका कुरा, आइएल्स सँग सम्बन्धीत कुराहरु हुँदा यसबाट धेरै फाइदा लिन्छन् । गण्डकी प्रदेश टार्गेट गरेर नै शैक्षिक मेला गर्दैछौं । मेलामा एक हजार विद्यार्थीले प्रत्यक्ष रुपमा लाभान्वित गर्छ भन्ने अपेक्षा गरिएको छ ।

मेलाका आकर्षणहरु भन्नुपर्दा के के पर्छन् ?

मुख्य त छात्रबृत्ति नै हो । त्योसँगै आइएल्स क्लास सँग सम्बन्धित कुरा पनि जानकार लिन सकिनेछ । मुख्य भिजिटरलाई अर्ली वड रजिष्टे«शन भनेर राखेका छौं । मेला हेर्न आउने भिजिटरलाई गोला प्रथाद्धारा एउटा स्मार्ट फोनको व्यवस्था गरेका छौं । प्लस टु पास गरेको र स्नातक पढ्दै गरेका विद्यार्थीनै मेलामा आउनुहुनेछ । १५ भन्दा बढी अष्ट्रेलियन युर्निभसिटीका प्रतिनिधि रहनेछ । यहाँ आएर उहाँहरुले त्यहाँको शिक्षाको सिस्टम, छात्रबृत्ति, वातावरण, रोजगारको बारेमा जानकारी दिनुहुनेछ ।

अन्त्यमा, मेला र अष्ट्रेलियन जान चाहाने विद्यार्थीलाई तपाईको के सुझाव छ ?

पहिलो जस्तो अवस्था छैन अहिले । अनलाइनबाटै विभिन्न कन्सल्टेन्सीको बारेमा जानकार लिन सकिन्छ । त्यहाँको बारेमा राम्रोसँग बुझेर, त्यहाँको वातावरण, वस्ने अवस्थाको बारेमा बुझ्नुपर्छ । यो बाहेक थर्ड आइ एजुकेसनमा आउनुभयो भने, डाइरेक्ट युनिर्भसिटीका प्रतिनिधिहरुसँग पनि अन्तक्रिया गर्न सक्नुहुनेछ । यो एउटा विशेष सुविधा पनि हो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.