www.tandavnews.com
Fact ~ In search of truth

थर्ड आई अष्ट्रेलियन एजुकेसन फेयर पोखरामा अष्ट्रेलियाका १५ बढी कलेज/युनिभर्सिटीको उपस्थिती

पोखरा
ताण्डव न्यूज ।

पोखराको चिप्लेढुङगामा रहेको थर्ड आई एजुकेसनल ‘थर्ड आई अष्ट्रेलियन एजुकेसन फेयर’ आयोजना गरेको छ ।

भदौ २० गते बुधबार फेयर आयोजना गरिएको सञ्चालक ओमप्रकाश गैह्रेले जानकारी दिए ।

Batas

फेयरमा अष्ट्रेलियाका १५ वटा भन्दा बढी कलेज तथा युनिभर्सिटीका प्रतिनिधि सहभागी हुनेछन् ।

‘विद्यार्थीहरुले अष्ट्रेलियाका कलेज तथा युनिभर्सिटीका प्रतिनिधिलाई प्रत्यक्ष भेटेर परामर्श लिन सक्नेछन्,’ उनले भने, ‘फेयरमा करिब ५ सय विद्यार्थीको सहभागि हुने अपेक्षा छ ।’

फेयर थर्ड आई एजुकेशनको आफ्नै सेमिनारहलमा विहान १० बजेवाट ५ बजे सम्म चल्नेछ ।

अहिले आयोजना हुने गरेका एजुकेशन फियर भन्दा पृथक हुने सञ्चालक गैह्रेले जानकारी दिए ।

फेयरको बैंकिङ पार्टनर एनआइसी एसिया बैंक रहेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.