पोखरा, ताण्डव न्यूज ।
पोखरामा रहेर संगितको दुनियाँमा आफुलाई स्थापित गराउन सफल संगितकर्मी श्रीमान् थुलुङ राईको सवारी दुर्घटनामा निधन भएको भएको छ। विगत दुई दशक देखि पोखरालाई संगितको कर्मथलो बनाउँदै आएका राइ बुधबार राती साँढे ९ बजे पोखरा १२ को शितलादेवीमा दुर्घटनामा परेका थिए ।
आफ्नी श्रीमतीसँगै ग १२ प ६७९ नम्बरको स्कुटर पर्खालको रेलिङमा ठोक्किएर दुर्घटना भएको कास्की प्रहरीले जनाएको छ । श्रीमती भने सकुशल रहेको प्रहरीले जनाएको छ । स्कूटर दुर्घटना पछि राई नहरमा खसेका थिए । उनलाई नहरबाट प्रहरीले करिब १ घण्टापछि मात्रै उद्धार गरेको थियो । राइलाई प्रहरीको सहयोगमा पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याएपछि चिकित्सकहरुले राइलाई मृत घोषणा गरेका हुन् ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका चिकित्सकले राईलाई मृत घोषणा गरेका कास्की प्रहरीले जनाएको छ। स्कुटरमासँगै रहेकी उनकी श्रीमती भने सकुशल छिन्।
५० वर्षीय थुलुङको निधनपछि पोखरेली सङ्गीतकर्मी शोकमा छन्। थुलुङले तराना म्युजिक सेन्टर नामक सङ्गीत प्रशिक्षण केन्द्र सञ्चालन गर्दै आएका थिए।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.