www.tandavnews.com
Fact ~ In search of truth

मथुरा साहूको पानी कम्पनीमा सिलबन्दी

पोखरा
ताण्डव न्यूज ।

टूडेज मिनरल वाटरको जारको पानि पिउन अयोग्य रहेको प्रमाणीत भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले अनुगमन गर्दा टुडेजको जारमा कोलिफर्म भेटिएको हो ।

पानी अखाद्य भेटिएपछि टूडेज मिनरल वाटर उद्पादन गर्ने कम्पनी ‘सिएम् अक्वा वेभरेज प्रालि‘का मेनेजर कपिल श्रेष्ठलाई आज हिरासतमा लिई कम्पनीमा सिलबन्दी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी रबिन्द्रमान गुरुङले जानकारी दिए ।

Batas

‘सिडिओ कार्यालयले कारवाही अघि बढाउन आदेश दिएपछि हामिले कानुनी प्रक्रिया अघि बढाएका हौं’ उनले भने ‘स्वास्थ्यमा खेलवाड हुनेगरी खानेपनि जस्तो संवेदनशिल वस्तुमा खेलवाड भएपछि शिलबन्दी गरेर म्यानेजरलाई हिरासतमा लिएका छौं ।’

कपिल श्रेष्ठ पोखराका नामुद व्यवसायी मथुरा श्रेष्ठ (मथुरा साहू)का नाती हुन् । पैसा र शक्तिको आडमा उनले खानेपनि जस्तो संवेदनशिल वस्तुमा खेलवाड गरेको श्रोतले बतायो ।

पानी पिउनलाई अयोग्य भएपछि सिलबन्दी गर्न निर्देशन दिएको जिल्ला पूशासन कार्यालयका सहायक सिडिओ गंगाबहादुर क्षेत्रीले ताण्डव न्यूजलाई जानकारी दिए ।

‘मिनलर वाटरको जारमा कोलिफर्म भेटियो । कोलिफर्मले झाडापखला लगायतका रोगहरु निम्त्याउँछ ’ उनले भने ‘कोलिफर्म दिसापिसाबमा हुने किटाणु हो । त्यो देखिएपछि जारको पानि बन्द गर्न प्रहरी कार्यालय कास्कीलाई आदेश दिएका हौं ।’

सहायक सिडिओ क्षेत्रीका अनुसार ५ पानिका कम्पनी मध्ये लिइएको सेम्पलिङमा टुडेजको जारमा त्यस्तो भेटिएको हो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.