www.tandavnews.com
Fact ~ In search of truth

टोले गुण्डा ललित जेल चलान

पोखरा
ताण्डव न्यूज ।

टोले गुण्डा ललित गुरुङ सहित अन्य दुई जना जेल चलान भएका छन् ।

धाक धम्की दिई चन्दा असुली गर्ने, डर त्रास लगायत सार्वजनिक अपराध गरेको आरोपमा गुण्डा ललित, दीपेन्द्र परियार र संगम थापालाई कास्की प्रहरीले कास्की प्रहरीले चैत्र २४ गते पक्राउ गरेको थियो ।

Batas

उनीहरुलाई बुधबार जिल्ला प्रशासन कार्यालय कास्कीले ३५ दिनको कैद सजाय र जनही १० हजार जरिवानाको फैसला गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी अशोक सिंहले बताए ।

जसअनुसार उनीहरु अब ८ दिन जेलमै बिताउनु पर्ने एक प्रहरी अधिकृतले बताए । ‘कास्की प्रहरी हिरासतमा २७ दिन बिताए’ अधिकृतले भने, ‘त्यो पनि गनिन्छ अब ८ दिन जेल बस्नु पर्छ ।’ प्रहरी अधिकृतका अनुसार पोखराका टोले गुण्डाको सवालमा यो निर्णय गतिलो नजिर बनेको छ ।

‘यस भन्दा अघि भारतीय साफ सुटरहरुलाई यसरी कारवाही भएको थियो तर पोखराका टोले गुण्डाको हकमा यो फैसला पहिलो पटक हो । यस अघि भारतीय साफ सुटरलाई यस्तै अपराधमा ३ महिना कैद र ३२ हजारसम्म जरिवाना भएको थियो ।’

कास्की प्रहरी र जिल्ला प्रशासनको यो प्रशंसनीय काम रहेको उनी बताउँछन् ।

ललितकै समूहका स्याङजा पुतलीबजार नगरपालिका–९ घर भई हाल पोखरा–१५ रामबजार बस्ने रवी गुरुङ भन्ने प्रहरी हिरासतमै छन् । ललित पक्राउ परेपछि रवीले व्यवसायीलाई धम्काएपछि कास्की प्रहरीले पक्राउ गरेको हो ।

गुण्डा ललितलाई छुटाउन कांग्रेसका स्थानीयदेखि केन्द्रसम्मको दवाव आउँदा समेत अन्ततः कारवाही भएको उनले सुनाए ।

‘गुण्डागर्दी गर्ने व्यक्तिलाई पार्टीले नच्याप्ने हो भने कास्की प्रहरीले गुण्डाको नामोनिसान मेटाउन १ घण्टा पनि लाग्दैन,’ उनले भने, ‘तर के गर्ने पार्टीकै आडमा गुण्डागर्दी मौलाउँछ ।’

यो पनि पढ्नुहोस्

टोले गुण्डा ललित छुटाउन नेताको दवाव

टोले गुण्डा ललित पक्राउ

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.