www.tandavnews.com
Fact ~ In search of truth

टोले गुण्डा ललित छुटाउन नेताको दवाव

पोखरा
ताण्डव न्यूज ।

धाक धम्की दिई चन्दा असुली गर्ने आरोपमा पक्राउ परेका टोले गुण्डा ललित गुरुङलाई छुटाउन दवाव आएको छ ।

शनिबार पक्राउ परेका ललितलाई छुटाउन स्थानीयदेखी केन्द्रसम्मका कांग्रेस नेताले दबाब दिएको कास्की एक प्रहरी अधिकृतले बताए ।

Batas

‘एसपी साबलाई पटक पटक नेताहरुको फोन आएको छ,’ उनले भने, ‘मुद्दा चलिसेको छ अब कसैको केही लाग्दैन् ।’

गुण्डागर्दीको विरुद्ध कुनै कमी कमजोरी नरहने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी अशोक सिंहले बताए ।

‘ललितले व्यवसायीलाई धम्काएको प्रमाण छ,’ उनले भने, ‘गल्ती नै नगर्नेलाई यतिकै पक्राउ गर्ने कुनै भएन ।’

ललित विगतमा जस्तै फेरी अपाराधिक क्रियाकलापमा फिर्न खोजेको भन्ने स–प्रमाण पाएको एसपी सिंहले बताए । ‘कुनै हालतमा छाडिदैन,’ उनले भने, ‘सुध्रिए ठिक छ नत्र गुण्डागर्दी गर्नेलाई कसरी तह लगाउनु पर्छ मैले जानेको छु ।’

ललितसहित अन्य दुई जनालाई कास्की प्रहरीले शनिबार पक्राउ गरेको हो । कास्की प्रहरीले ललित सहित पक्राउ गरेको अन्य दुईजना लाई पनि म्याद थप गरि अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

पोखरा–१२ बस्ने ३४ वर्षीय ललितसहित पोखरा–१२ शितलादेवी बस्ने २६ वर्षीय दीपेन्द्र परियार र पोखरा–५ बस्ने २५ वर्षीय संगम थापालाई कास्की प्रहरीले हिरासतमा लिएको छ ।

 

यो पनि पढ्नुहोस्

टोले गुण्डा ललित पक्राउ

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.