www.tandavnews.com
Fact ~ In search of truth

पुस १४ : साइकलमा सरर पोखरा

पोखरा,
ताण्डव न्यूज ।

‘बर्न फ्याट नट फ्यूल’ भन्ने नाराका साथ टुर दि पोखरा हुने भएको छ । साइकल सिटी पोखराको आयोजनामा यही पुस १४ गते शनिबार हुने संयोजक तथा साइकल सिटीका अध्यक्ष प्रकाश बज्रचार्यले जानकारी दिए ।

पोखराको ब्रान्ड बनिसकेको इतिहासिक टुर दि पोखरा साइकल ¥यालीलाई यसपाली नेपाल आयल निगम तथा गण्डकी धौलागिरी पेट्रोलियम डिलर एसोसियसनको सहकार्यमा हुन लागेको हो ।

Batas

पोखरा रंगशालाबाट सुरु हुने ¥याली बुद्धचोक, अमरसिंहचोक, डिआर पेट्रोल पम्प, कास्की मोडनाइज्ड स्कुल, धिकालथर, हस्पिटलचोक, रानीपौवाचोक, महेन्द्रपुल, तेर्सापट्टी, भैरवटोल, मोहरियाटोल, ट्याक्सीचोक, आइएन एफ, सिम्पानी, हरिचोक, बागलुङ हाइवे, जिरो किमी, लेकसाइड, राष्ट्रबैंक, बिरौटाचोक, मुस्ताङचोक, नागढुंगा, पृथ्वीचोक हुँदै रंगशालामा पुग्नेछ ।

यात्राको लम्बाई ३० किलोमिटर रहने बज्रचार्यले जनाए । शनिबार बिहान ७ बजेबाट सुरु हुने ¥यालीमा सहभागी हुनको लागि एक हजार शूल्क तिर्नेले ज्याकेट, मेडल, मिनिरल वाटर, खाजाको सुविधा र एक सय तिर्नेले खाजा, मिनिरल वाटर र मेडलको सुविधा पाउनेछन् ।

यसपाली पनि पोखरा बाहिरबाट धरान, नेपालगञ्ज काठमाडौं, कैलाली लगायतका जिल्लाका विभिन्न ठाउँमा सहभागी हुने जनाइएको छ ।

बज्रचार्यका अनुसार यो पटक ८ सय हाराहारीमा सहभागी रहनेछ । ¥याली पश्चात साइकल क्षेत्रमा योगदान दिएका पोखरेली व्यक्तित्वलाई सम्मान गरिने संयोजक बज्रचार्यले जानकारी दिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.