www.tandavnews.com
Fact ~ In search of truth

पाेखरा : पर्यटक दौडमा अमेरिकाका ब्रायन प्रथम

पोखरा ।

सोह्रौ फेवा नव बर्ष महोत्सव अन्तर्गत शनिवार पोखराको लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा अमेरिकाका ब्रायन किन प्रथम भएका छन् । यसैगरी बेलायतका एलेक्स हक्कन द्वितीय भए भने क्यानडाका माइकर बेकरले तृतीय स्थान हासिल गरे ।

प्रतियोगिता अन्तर्गत महिलातर्फको छुट्टै मुल्यांकनमा बेलायतकी हाना कारस प्रथम, फ्रान्सकी भिओलेट लेफर दोश्रो र अमेरिकाकी सारा कोइनी तृतीय भए । प्रतियोगितामा विभिन्न देशका कूल ६६ पर्यटकले सहभागिता जनाएको प्रतियोगिता संयोजक अनिल सिंहले जानकारी दिए । पोखराको हल्लनचोक स्थित पिस प्लाजा होटल देखि रत्न मन्दिरको दक्षिणी गेटसम्म सहभागीहरु दौडिएका थिए ।

Batas

प्रतियोगितामा प्रथम हुनेले बुद्ध वा यति एयरको पोखरा–काठमाडौं उडान टिकट, मायाको चिनो, विजी वी क्याफेमा ककटेल डिनर र सिइङ हेण्ड्समा मसाजको सुविधा पाएका छन् ।

यसैगरी द्वितीय हुनेलाई अन्नपूर्ण वा पोखरा प्याराग्लाइडिङ कम्पनीबाट ३० मिनटको टेण्डम उडान सुविधा, मायाको चिनो, विजी बी क्याफेमा ककटेल डिनरको सुविधा र सिइङ हेण्ड्समा मसाजको सुविधा प्रदान गरियो ।

तृतीयका लागि भने पोखरा–काठमाडौं रुटमा ग्रिनलाइन टुर्सको टिकट, मायाको चिनो, सोही क्याफेमा ककटेल डिनर र उल्लेखित पार्लरमा मसाजको सुविधा व्यवस्था गरिएको थियो । प्रशंशापत्र सबै सहभागीका लागि प्रदान गरिएको थियो ।

आयोजक पश्चिमाञ्चल होटल संघका अध्यक्ष एवं महोत्सव संयोजक विकल तुलाचनले पोखरा प्रबद्र्धनमा पर्यटक दौड प्रतियोगिताले राम्रो प्रभाव छाड्दै आएको बताए । प्रतियोगिताका सहभागी र अन्य उपस्थित सबैलाई तुलाचनले धन्यवाद ज्ञापन गरेका थिए ।

पुरस्कार वितरण कार्यक्रम संघका महासचिव गणेशराज पहारीले संचालन गरेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.