www.tandavnews.com
Fact ~ In search of truth

टुरिष्ट रोडमा ‘होली फेष्ट पार्टी’

पोखरा ।

फाल्गुन १७गते होलीको अवसरमा द टुरिष्ट रोड बेस्ट्रोले ‘होली फेष्ट पार्टी सिजन २’आयोजना गरेको छ । फेवाताल किनार खपौंदीमा रहेको बेस्ट्रोले अघिल्लो बर्ष जस्तै यस बर्ष पनि डिजे, बिबोइङ सहितको होली पार्टी आयोजना गर्न लागेको हो ।

युवाहरुलाई लक्षित गर्दै आयोजना गरिएको उक्त पार्टीलाई अघिल्लो बर्ष भन्दा अझै फरक तरिकाले मनाउने व्यवस्था गरिएको सञ्चालक नेशन शर्माले बताए । ‘अघिल्लो बर्ष राम्रो साथपाएकाथियौं त्यही उत्साहले नै यो पटक बि बोइंग,रेन डान्स सहित आइटम डान्स थप गर्दै अझै उत्कृष्ट बनाउने प्रयास गरेका छौं’ शर्माले भने, ‘यो पटक अझै धेरै साथ पाउनेमा आशावादी छौं ।’

Batas

डिजे बिरेन (बुटवल), डिजे सिजल(भोडो क्लव), डिजे योंगड (पोखरा) लगायतका चर्चित डिजेहरुले युवाहरुलाई पार्टीमा नचाउने छन् । बिहान १० बजे देखी साँझ ८ बजे सम्म हुने पार्टीमा ५ सय रुपैयाँ प्रवेश शुल्क राखिएको छ । टिकट काटेर प्रवेश गर्ने दर्शकलाई साथमा क्यान बियर प्रदान गरिने अर्का सञ्चालक सन्तोष खनालले जानकारी दिए ।

‘हामीले पैसा भन्दापनि मनोरञ्जन सहितको सेवालाई प्राथमिकता राखेका छौं’ खनालले भने, ‘त्यसकारण पनि टिकटको न्युनतम मूल्य राखेका हौं।’

इगल क्लवको प्रस्तुतिमा हुने उक्त पार्टीलाई रुस्लान भोड्का, सानमिगल बियर,दरवार पोखरा,उत्साह एड्भर्ट ,मेनसमाचार डटकम, ताण्डव न्युज , न्यु फ्लेवर अफ फ्रिडम, एण्डी सपिंग सेन्टर,होटर रिदम प्यालेस, दिस एण्ड याट सपिंग सेन्टर,बेष्टलाइन लुब्रिकेन्ट, बिआर्ट फोटोग्राफको सहकार्य रहेको छ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.