www.tandavnews.com
Fact ~ In search of truth

पर्स्याङ सडकमा मेयरसहित ट्राफिक सचेतना कार्यक्रम

पोखरा
ताण्डव न्यूज ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र पोखरा महानगरको आयोजना पर्स्याङ सडकमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । आज बिहीबार विहान सवारी चालकहरुलाई सडकमै ट्राफिक नियमहरुबारे जानकारी गराइएको हो ।

सचेतनाकालागि पोखरा महानगरका मेयर मानबहादुर जिसी नै सडकमा खटिएका थिए । उनले लेन अनुशासन पालना, सिट बेल्ट, स्पिड लिमिट लगायतका विषयमा चालकहरुलाई जानकारी गराए ।

Batas

महानगरका प्रवक्ता एवं वडा नं ५का अध्यक्ष धनबहादुर नेपालीले चालकहरुलाई ट्राफिक नियमको पुर्ण पालनाको लागि सुझाए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की प्रमुख प्र.नि मुरारी मिश्रले ट्राफिक नियम पालना नगर्नु नै दुर्घटनाको मुख्य कारण रहेको औंल्याउदै चालक स्वयं सचेत हुनुपर्ने बताए ।

उनले भने ‘कारवाही गर्नु हाम्रो रहर होइन । सचेतताका लागि गरिन्छ । नियम पालना गर्ने हो भने दुर्घटनाबाट त बचिन्छ नै ट्राफिक कारवाहीमा समेत परिदैन । ’ पोखरामा बढी जाम हुने चाइना पुल, महेन्द्रपुल, पृथ्वीचोक, सभागृह, पालिखेचोक लगायतको स्थानमा थप जनशक्ति खटाई ट्राफिक व्यवस्थापन चुस्त दुरुस्त पारिएको उनको भनाई थियो ।

पर्स्याङ ट्राफिक पोष्ट प्रमुख प्रनानि मिलन कुमार सिंहले पर्स्याङमा पोष्ट सुरु गरिएपछि दुर्घटना न्यून भएको जनाए । दुर्घटनाकालागि चालकहरु नै सजग रहनुपर्ने उनले बताए ।

‘ चालक, चालक मात्रै पनि होइन । उ पैदल यात्री पनि हो । र, बर्दी विनाको जिम्मेवार ट्राफिक प्रहरी पनि हो’ उनले भने ‘त्यसैले प्रहरी अगाडि हुँदा मात्रै ट्राफिक नियम पालना गर्ने, नहूँदा पालना नगर्ने गर्नुहुँदैन ।’

जिल्ला ट्राफिक प्रमुख प्र.नि मुरारी मिश्रको निर्देशन अनुरुप २४सै घण्टा सडक सुरक्षामा खटिएको जनाउँदै उनले भने ‘ अहिले ज्यान जाने गरि दुर्घटना भएका छैन । ट्राफिक नियम उल्लंघन गर्ने जो कोहीलाई कानुन बमोजिम कारवाही गर्नु भन्ने जिल्ला ट्राफिक प्रमुख प्र‍.नि मुरारी मिश्रको निर्देशन बमोजिम २४सै घण्टा खटिएका छौं । ’

कार्यक्रममा पोखरा ५की वडा सदस्य एवं नारी जागरण अभियान कास्की संयोजक अञ्जु केसीले स्वागत गरेकि थिइन् भने  विद्यार्थीहरु, आमा समूह लगायतको सहभागिता रहेको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.