www.tandavnews.com
Fact ~ In search of truth

यसरी सामान बोक्न पाइदैन, के हेर्दैछ ट्राफिक ? (फोटो फिचर)

अर्जुन गिरी
पाेखरा, ताण्डव न्युज ।

रत्नचोकबाट रमेश अधिकारी सिर्जनाचोक मेट्रोसिटी अस्पताल तर्फ मोटरसाइकमा आउँदै थिए । विहीबार उनी विरामी भेट्न जादा दुर्घटनामा परे । सिर्जना चोकबाट राष्ट्रबैंक चोक तर्फ जादै गरेको मोटरसाइकको कारण उनको दुर्घटना भयो ।

राष्ट्रबैंक चोक जादै गरेको उक्त मोटरसाइकल पछाडी सवार व्यक्तिले होडिङ बोर्ड बोकेका थिए । त्यही होडिङ बोर्डको भागले दाहिने हातमा लागेपछि रमेशको बाईक अनियन्त्रित भएर सडकमा ढल्न पुग्यो ।

Batas

ठूलो दुर्घटना हुनबाट जोगिएको रमेशले ताण्डव न्युजसँग बताए । ‘धन्न अगाडी पछाडीबाट गाडी आएको थिएन, नत्र मलाई किल्चिएर जान्थ्यो,’ उनले भने, ‘त्यसरी मोटरसाइकलमा त्यत्रो ठूलो बोर्डपनि कसैले बोग्छन त ? एउटा बसले ओगटेको ठाउँमा भन्दा धेरै भाग ओगटेको थियो, अनि दुर्घटना हुदैन त ?’ सो बाइक पछाडी बस्ने मान्छेको देब्रे खुट्टा भाँचिएको उनले सुनाए ।

बगर ट्यासी चोक नजिक पनि यस्तै कारणले दुर्घटना भयो ।

मोटर साईकल पछाडी बसेर बोकेको फलामले पृथ्वीनारायण क्याम्पसमा विए दोस्रो बर्षमा पढ्ने रमिला विकलाई ठक्कर दिँदा निधारमा दुई वटा टाँका लगाउनु प¥यो । तर्किदा–तर्किदै चोट लागेको विकले सुनाइन् । ‘बाईकमा बोकेर आएको देखेको थिएँ, तर्किदा–तर्किदै लामो फलामले लागिहाल्यो,’ उनले भनिन्, ‘धन्न आँखा फुटेन । मोटरसाईकलवालाले माफ माग्दै उपचार गरिदियो ।’

 

मोटरसाईकलमा अनावश्यक सामान बोक्न नमिल्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख तथा ईन्स्पेक्टर मुरारी मिश्रले बताए । ‘मोटरसाईकलमा दुई जना भन्दा धेरै सवारी हुनै पाइदैन्,’ उनले भने, ‘अनावश्यक रुपले सामान बोकेको पाईएमा तुरुन्तै कारवाही हुन्छ ।’ यसरी अनावश्यक सामान बोकेर हिड्नेलाई पनि कारवाही गरिएको उनले सुनाए ।

‘देखेसम्म हामीले कारवाही गरेका छौ,’ उनले भने, ‘यतिसम्मकी मोटरसाईकल पछाडी बसेर नाम्लो लगाएर बोकेको पनि भेटियो । मोटरसाईकल मात्र होइन चार पांग्रो सवारीले पनि आवश्यक भन्दा धेरै समान बोक्न पाउँदैन् ।’

तस्बिर : माधव भुसाल

 

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.