www.tandavnews.com
Fact ~ In search of truth

जागरणद्धारा मौरीपालन तालिम सम्पन्न

पोखरा ।

पोखरामा रहेको जागरण कृषि सहकारी संस्था लिमिटेडले मौरीपालन आधारभुत तालिम सञ्चालन गरेको छ । व्यवसायिक रुपमा मौरीपालन गर्ने तथा घरयासी रुपमा मौरीपालन गर्नेहरुलाई लक्षित गरी २ दिने प्रारम्भिक तालिम गरिएको हो ।

तालिमको समापनामा राष्ट्रिय परिक्षा समितिका सदस्य अधिवक्ता युवराज पराजुलीले कृषिको व्यवसायिकरण विना देशको विकास सम्भव नभएको बताए । सहकारीले आत्मसाथ एक घर एक मौरीघारको अवधारणा उपयुक्त रहेको भन्दै सहकारीको अभियान कास्कीलाई महमा आत्मनिर्भर वनाउनमा सहयोगी वन्ने विश्वास व्यक्त गरे ।

Batas

विश्वमा विकासको उच्च गतिमा अगाडी वढेको चीनमा कृषकको उच्च मुल्याङ्कन हुने गरेको भन्दै पराजुलीले हरेक नागरिक व्यवसायिक वन्नुपर्नेमा जोड दिए ।

मौरीपालक तथा तालिमका मुख्य प्रशिक्षक जीवनाथ लामिछानेले समाजमा मौरीको महत्व र आवश्यकता धेरै रहेको वताए । परापूर्वकाल देखिनै महको प्रयोग र महत्व समाजमा भएपनि व्यवसायिक ढंगले उत्पादन र वितरण हुन नसक्दा यो क्षेत्र पछाडी परेको लामिछानेले तर्क गरे ।

मौरीका सवै उत्पादन मानविय जीवनको लागि अमृत समान भएपनि उचित ज्ञान र प्रचारप्रसारको अभावमा व्यवसायिक ढंगले अगाडी वढ्न नसकेको बताए ।

तालिममा सहभागी कृष्ण शाहले तालिमले धेरै उत्सुकता जगाएको बताईन । मौरी पालनमा आवश्यक ज्ञान तथा त्यसको प्रयोग सम्वन्धमा तालिबाट प्राप्त ज्ञानलाई प्रयोगमा उतार्ने शाहले प्रतिवद्धता व्यक्त गरिन् ।

सहकारीका अध्यक्ष अर्जुन कुमार लामिछानेले सहकारीले आत्मसाथ गरेको एक घर एक घारको नीतिलाई अभियानको रुपमा अगाडी वढाउने जानकारी गराए । बजारमा धेरै सहकारी कृषिसँगै जोडिएको भन्दै उनले जागरण कृषि सहकारीले नाम र काम एउटै गर्ने बताए । कृषक तथा सहकारीका सदस्यले उत्पादन गरेको मह विक्रि वितरणको व्यवस्थापन पनि संस्थाले गर्ने लामिछानेले जनाए ।

२ दिनसम्म चलेको तालिममा सहकारीका सदस्य र सहकारी बाहिरका गरी २५ जनाको सहभागिता रहेको सहकारीका सचिव जयराम पौडेलले बताए ।

सुरुवातमा प्रारम्भिक स्तरको तालिम सञ्चालन गरेका भन्दै पौडेलले निकट भविष्यमा उच्च स्तरीय तालिमको संयोजन गर्ने योजना रहेको जानकारी गराए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.