www.tandavnews.com
Fact ~ In search of truth

अवैध ढुंगा उत्खनन् गर्ने जेसिबी र ट्रिपरलाई २ लाख २० हजार जरिवाना

पोखरा
ताण्डव न्यूज ।

पोखरा २५ हेम्जास्थित सेतीनदी किनारबाट अवैध रुपमा ढुंगा उत्खनन् गर्ने जेसिबी र ट्रिपरलाई पोखरा महानगरपालिकाले जरिवाना गरेको छ ।

वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा ढुंगा पोखरातर्फ ल्याइरहेका ट्रिपरलाई नियन्त्रमा लिएर महानगरलाई बुझाएका १२ ट्रिपर र २ जेसिबीलाई गरी २ लाख २० हजार जरिवाना गरेको प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले जानकारी दिए ।

Batas

ट्रिपरलाई १०/१० हजार र जेसिबीलाई ५०÷५० हजार जरिवाना गरिएको पोखरा महानगरका सूचना अधिकारी गंगालाल सुवेदीले जानकारी दिए ।

प्रहरीका अनुसार ग १ ख ७८०३, ग १ ख ३२१९, ग १ ख ३५९५, ग १ ख ४४९९, ग १ ख ३८०३, ग १ ख ३५८७, ग १ ख ३७६६, ग १ ख ५७५१, ग १ ख ६६०९, ग १ ख ३९६४, ग १ ख ७३२० र ग १ क ३४३२ नम्बरका ट्रिपर कारबाहीमा परेका हुन् । बुधबार ट्रिपर र जेसिबीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

अर्जुन ढुवानी सेवा, मिजुरेडाँडा गोर्जे सप्लायर्स, एकेसा सप्लायर्स लगायतका कम्पनीका ट्रिपरले अवैध रुपमा ढुंगा ढुवानी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

गत आर्थिक वर्षको ठेक्काको समय सकिएको र नयाँ ठेक्काको प्रक्रिया सुरु भएको अवस्थामा नदी जन्य पदार्थ अवैध रुपमा चोरी निकासी हुनसक्ने भन्दै प्रहरी र महानगरपालिकाले त्यसलाई रोक्न सक्रियता देखाएका छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.