www.tandavnews.com
Fact ~ In search of truth

बाल यौन दुराचारः लेखनाथको त्रिवेणी बोर्डिङको ड्राइभर पक्राउ

अर्जुन गिरी
पोखरा, ताण्डव न्यूज ।

उनी स्कुल जानै मानिनन् । ‘नाई म स्कुल जान्न’ भन्दै अनुहार निन्याउरो पर्दै बसिन् । स्कुल भनेपछि हुरुक्कै हुने ११ वर्षीय ती बालिका एक्कासी स्कुलको नाम सुन्ने बित्तिकै डराए जस्तो गरिन् । पोखरा–२७ त्रिवेणी बोर्डिङ स्कुलको कक्षा ४ मा उनी पढ्छिन् ।

सरासर स्कुल जाने आफ्नो छोरी ४ दिनदेखी जान नमानेपछि परिवारले शंका गर्न थाले । विद्यालयमा शिक्षकले पिटेर हो की ?, साथीसँग झगडा औुरा भनिन् जस%0 फकाई वराई परिवारले सोधें । अनेक प्रश्न गर्दा पनि कुनै समस्या नभएको ठहर भयो । ‘किन त नी छोरी स्कुल जान नमान्ने ?’ परिवारले के सोधेका थिए, आँखा भरी आँशु लिदैँ यस्तो कुरा भनिन् जसले परिवार छाँगाबाट खसे जस्तो भयो ।

Batas

आफूलाई स्कुलको बस ड्राइभरले गोप्य अंगमा छुने र चुम्मन गर्ने गरेको बताईन् । ४ दिन देखि ३७ वर्षीय ड्राईभर दीपक भुजेलको दुराचार सहँदै आएकी बालिकाले सबै कुरा अभिभावकलाई भनेपछि साउन २३ गते कास्की प्रहरीकहाँ खबर गरे । प्रहरीले ड्राइभरलाई हिरासतमा लिएको छ ।

ड्राइभरले स्कुल छुट्टी भएपछि घर छाड्न जाँदा आफ्नो सिट नजिक राखेर अन्य विद्यार्थीकै अगाडी त्यस्तो हर्कत गर्ने गरेको खुल्यो । त्यसपछि ति बालिकाको परिवारले कास्की प्रहरीकहाँ साउन २३ गते जाहेरी दिएका हुन् ।

जाहेरी परेपछि ड्राइभरलाई पक्राउ गरेर ल्याईएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी ओमबहादुर रानाले बताए । ‘जाहेरी करणी उद्योगमा परेको छ,’ उनले भने, ‘थप अनुसन्धान जारी छ ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.